Logo

विमान बीचमै अवतरण प्रकरणमा निगमको स्पष्टीकरण, भन्यो-‘उडान रुकुम हैन नेपालगञ्जसम्मको मात्रै थियो’

विमान बीचमै अवतरण प्रकरणमा निगमको स्पष्टीकरण, भन्यो-‘उडान रुकुम हैन नेपालगञ्जसम्मको मात्रै थियो’



काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–रुकुम (सल्ले) उडान सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार रुकुमका लागि उडेको निगमको उडान पाइलटले आफ्नो ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएको भन्दै व्यापक आलोचना भएको थियो ।

निगमले भने सो सम्बन्धमा एक विज्ञपित जारी गर्दै सो उडान नेपालगञ्जसम्ममात्र रहेको स्पष्ट पारेको छ । ‘आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजको लागि ५ः१५ मा उडान कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकुलताका कारण काठमाडौं–रुकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो’, निगमको विज्ञप्तिमा छ ।

निगमले मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भएको र त्यसपछि विमान चालक÷परिचारक एवं यात्रुरुलाई फोन गरेर पुनः विमानस्थल बोलाइएकोमा उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः५८ भएको उल्लेख गरेको छ । ‘काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तिमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ, बिहान ५ः१५ बजे देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पुरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो’, निगमको विज्ञप्तिमा छ ।

हवाइ उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयुटी अवधि दैनिक १० घण्टाको सिमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको निगमले स्पष्ट पारेको छ । निगमले रुकुम र नेपालगञ्ज जाने यात्रुहरुलाई काठमाडौंमै राखीरहनु भन्दा नेपालगञ्ज सम्म पु¥याएर रुकुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट विहानै रुकुम पु¥याउनु पर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो भनेको छ ।


‘पुनश्चः निगमले मध्यपश्चिम तथा सूदुरपश्चिम क्षेत्रलाई मध्येनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक÷उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्युनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरुप उक्त निर्णय लिनु परेको हो । विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिवद्धता जाहेर गर्दछौं’, निगमको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL