Logo

सुनको मु्ल्य विश्व बजारमा फेरी ओरालो,नेपालमा पनि ५ सयले घट्यो

सुनको मु्ल्य विश्व बजारमा फेरी ओरालो,नेपालमा पनि ५ सयले घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१४ मंसिर, काठमाडौं । आज (सोमबार) सुनको मु््ल्य घटेर तोलाको ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मुल्य  ५० हजार तीन सय थियो ।

स्विस नेशनल बैंकले सुनको होल्डिङ बढाउनुपर्छ भन्ने प्रस्तावमा भएको मतदानमा कम मत परेपछि सुनको मूल्य विश्व बजारमा नै घटेको हो । यसको समर्थनमा मत परेको भए बैंकले हालकोभन्दा आठ प्रतिशत बढि लगानी सुनमा गर्नुपर्ने हुन्थ्यो । यो प्रस्ताव पारित भएको भए स्वीजरल्याण्डले पाँच बर्षमा एक हजार पाँच टन सुनको खरिद बढाउनुपर्ने थियो ।

यदि सो प्रस्ताव पारित भएमा स्वीट्जरल्याण्ड सुनको सञ्चिमा विश्वकै तेस्रो मुख्य देश बन्ने थियो । घट्दो बजारमा सुनको मूल्य थप घटाउन यसले सहयोग पुगेको विश्लेषण गरिएको छ । अमेरिकाले व्याजदर बढाउन लागेको र तेलको मूल्य घटिरहेकोले पनि सुनको मूल्यमा गिरावट आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL