Logo

सिभिल ग्रूपका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जन पक्राउ, यस्तो छ कारण

सिभिल ग्रूपका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जन पक्राउ, यस्तो छ कारण



काठमाडौं । प्रहरीले सिभिल ग्रूपका अध्यक्ष इच्छाराज तामाङलाई पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनीसहित १ दर्जनलाई सोमबार सुन्धराबाट पक्राउ गरेको हो ।

तामाङलाई सिभिल सहकारीका निक्षेपकर्ताले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

पक्राउ परेका तामाङसहितका व्यक्तिलाई सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोग छ । सहकारी निक्षेपकर्ताले उनीहरु विरुद्ध सिभिल सहकारीमा आफूखुसी ऋण प्रवाह गरेको आरोप जाहेरीमा उल्लेख छ ।

ब्यूरोका अनुसार हालसम्म उनीहरु विरुद्ध ४६ करोड रुपैयाँ ठगी गरेको निवेदन परेको छ । पक्राउ परेका सिभिलका अध्यक्ष एमालेको तर्फबाट संविधान सभाका सभासद पनि हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL