Logo

भन्सार छुटले फलामे छडको मूल्य प्रतिकिलो ४ रुपैयाँले घट्यो : नेपाल फलामे छड उत्पादक संघ

भन्सार छुटले फलामे छडको मूल्य प्रतिकिलो ४ रुपैयाँले घट्यो : नेपाल फलामे छड उत्पादक संघ



काठमाडौं । नेपाल फलामे छड उत्पादक संघले स्पंज आईरनमा बजेटमार्फत दिएको छुटले फलामे छडको मूल्य प्रतिकिलो ४ रुपैयाँसम्मले घट्ने बताएको छ । संघले एक विज्ञप्ति जारी गर्दै बजेटबाट स्पंज आइरनमा भएको भंसार छूट तथा स्थानिय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाले नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी ४ रुपैयाँले घट्ने बताएको हो ।

बजेट पछिका तीन हप्तामा अन्तरास्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पंज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी ४ रुपैयाँले घटाई फलामे छड बिक्रि वितरण गर्नसमेत संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL