Logo

अर्थमन्त्री भन्छन्, समस्या भन्दा पनि चलखेलले सेयर बजारमा घट्यो, जनगुनासो सुन्न ‘विगुल’ स्थापना

अर्थमन्त्री भन्छन्, समस्या भन्दा पनि चलखेलले सेयर बजारमा घट्यो, जनगुनासो सुन्न ‘विगुल’ स्थापना


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले विना कारण सेयर बजार घट्दै गएको बताएका छन् । ‘ अर्थतन्त्रका सबै सूचकहरु तथा सूचिकृत कम्पनीहरुको प्रतिफल पनि राम्रो हुँदाहुँदै पनि नेप्से लगातार ओरालो लागिरहेको छ,’ आइतबार अर्थमन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘समस्या भएर भन्दा पनि अनावश्यक चलखेल गरेर सेयर बजार घटाइएको छ ।’ साथै बजार अस्वभाविक रुपमा घटेको प्रति सरकारले अध्ययन गरिरहेको समेत उनले जानकारी दिए । विगत ४ महिना यता नेप्से पसिसुचक १ सय ५० अंकले घटेको छ ।

यस्तै व्यापारघाटा कम गर्ने उद्देश्य अनुरुप सरकारले निर्यात प्रवद्र्धनका लागि छुट्टै प्याकेज ल्याउन लागिएको जानकारी दिए । हाल सो सम्बन्धमा गृहकार्य भइरहेको र केही समयभित्रै कार्यान्वयनमा ल्याइने छ । उक्त प्याकेज ल्याएपछि देशको निर्यात उच्च रुपमा बढ्ने समेत उनको भनाइ थियो ।
यस्तै अघिल्ला वर्षको तुलनामा यस वर्ष पूँजीगत खर्च समेत बढेको उनको भनाइ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालूको ४ महिनामा पूँजीगत खर्च २० प्रतिशतले बढेको छ ।

यस्तै, देशको अर्थतन्त्र सकरात्मक दिशातर्फ उन्मूख भएको मन्त्री महतको भनाइ छ । हाल जलविद्युत्मा मात्रै ११ विलियन डलरको लगानी प्रतिवद्धता भएको बताउँदै ठूला होटलमा समेत २५ अर्व रुपैयाँ लगानी भित्रिएको जानकारी दिए । साथै, नेपालकै इतिहालमा जलविद्युत्मा यति धेरै लगानी भित्रिएको समेत उनको दावी थियो ।

bglजनताका गुनासो सुन्न ‘विगुल कक्ष’

अर्थ मन्त्रालयले जनताका गुनासो सुन्न ‘विगुल ’ को स्थापना गरेको छ । अर्थ मन्त्रालय र मातहतका निकायमा भ्रष्टाचार भएका, काममा ढिलाइ भएमा वा कुनै सल्लाह सुझाव भएमा सर्वसाधारण जनताले सोझै इमेल, फोन, फ्याक्स मार्फत उक्त कक्षमा गुनासो गर्न सक्नेछन् । उक्त कक्ष भने मन्त्रालयको अनुगमन महाशाखा अन्तर्गत रहने छ ।
मन्त्री महतका अनुसार मन्त्रालयलाई जनताको चाहना अनुसार सञ्चालन गर्न बिगुल कक्षको स्थापना गरिएको हो । यसलाई आइतबारदेखि नै सञ्चालनमा ल्याइने छ भने उक्त सेल २४ सै घन्टा खुल्ला रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL