Logo

के पूर्व अर्थमन्त्री पौडेलसँगै हटेको हो टेलिकमको सर्वसाधारणलाई सेयर जारी प्रक्रिया, किन बोर्डमा अहिलेसम्म भएन छलफल ?

के पूर्व अर्थमन्त्री पौडेलसँगै हटेको हो टेलिकमको सर्वसाधारणलाई सेयर जारी प्रक्रिया, किन बोर्डमा अहिलेसम्म भएन छलफल ?



काठमाडौं । नेपाल टेलिकमको सेयर सर्वसाधारणमा जारी गर्ने कार्य अन्यौलमा परेको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत नेपाल टेलिकमको २२ प्रतिशत सेयर यथासक्दो छिटो सर्वसाधारलाई जारी गर्ने घोषणा गरेका थिए ।

laxmi

तत्कालिन अर्थमन्त्री पौडेलले चालू आबको बजेट जारी गर्दै जेठ १५ गते टेलिकमको सर्वसाधारणमा थप सेयर जारी गर्ने घोषणा गरेका थिए । बजेटबाटै सर्वसाधारण सेयर जारी गर्ने घोषणा गरेपनि हालसम्म हो सम्बन्धमा कुनै छलफल समेत नभएको टेलिकम उच्च स्रोतले जानकारी दिएको छ । ‘तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले टेलिकममा सर्वसाधारणको सहभागिता वृद्धि गर्दै थप २२ प्रतिशत सेयर जारी गर्ने उल्लेख गरेको थियो,’ टेलिकम उच्च स्रोतले भन्यो, ‘तर अहिलेका अर्थमन्त्री जनार्दन शर्माले आफ्नो बजेट बक्तव्यमा सरकारी संस्थालाई निजीकरण नगर्ने तर थप सुदृढि गर्ने उल्लेख गरेका छन् सोही अनुरुप अबका दिनमा टेलिकमको सर्वसाधारणमा थप सेयर जारी प्रक्रिया अघि नबढ्न सक्छ ।’

सरकारी संस्थानहरुमा सरकारलाई बढि नाफा दिनेमा टेलिकम अग्रस्थानमा पर्दछ । हालै मात्रै अर्थमन्त्री शर्माले घाटामा रहेका संस्थालाई पनि सुदृढ गर्दै सरकारको मातहत रहेका सम्भाव्य सार्वजनिक संस्थाहरुलाई आवश्यकता अनुरुप पूर्ण सरकारी स्वामित्वका कम्पनी मोडलमा रुपान्तरण गर्ने नीति लिईने उद्घोष गरेका थिए । सोही अनुरुप अबका दिनमा टेलिकमको सर्वासाधारणलाई थप सेयर जारी गर्ने प्रक्रियानै अन्योलमा पर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

सरकारी स्वामित्वको टेलिकममा हाल सर्वसाधारणको सेयर नगन्य मात्रामा छ । अर्थात करिव ९१.६७ प्रतिशत सेयर सरकारको हुँदा ८.३३ प्रतिशत सेयर मात्र सर्वसाधारणको रहेको छ । साथै सर्वसाधारणलाई थप सेयर जारी गर्ने सम्बन्धमा टेलिकमभित्र हालसम्म कुनै छलफलसमेत नभएको उक्त स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL