Logo

बजारमा माग बढ्दा सेयर बजारको पहिरो थामियो, कारोबार रकममा भने अझै देखिएन उत्साह

बजारमा माग बढ्दा सेयर बजारको पहिरो थामियो, कारोबार रकममा भने अझै देखिएन उत्साह



काठमाडौं । केही दिनयता सयर बजारमा आएको निरन्तरको गिरावटको क्रम मंगलबार रोकिएको छ । सोमबार नेप्सेमा ११४.०२ अंकले गिरावट आएको सेयर बजार मंगलबार सम्हालिदैं १३.८३ अंकले बढेर बन्द भएको हो । बिहानैदेखि निरन्तर उकालो लागेको बजार अन्तिम समयमा भने झिनो अंकले बढेर परिसूचक २७१२.०२ अंक पुगेको छ । सोमबार नेप्से २६९८.२४ विन्दुमा पुगेको थियो । सोमबार नेप्से ०.५१ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक २.३६ अंकले बढेर ५०८.६२ विन्दुमा पुगेको छ ।

निरन्तर घटिरहेको सेयर बजारमा मंगलबार क्रेता हावी भएसँगै बजारमा सुधार आएको लगानीकर्ताहरु बताउँछन् । पछिल्लो समय बैंकको ब्याजदर वृद्धि तथा लगानीयोग्य रकम अभावमा सेयर बजार घटने त्रासबीच लगानीकर्ताले प्यानिक सेल गर्दा नेप्सेमा ठूलो गिरावट आएको आँकलन गरिएको छ । तर, सोमबार ५ अर्बसम्म झरेको कारोबार रकममा आएको सुधारले सेयर बजारमा पुनः सुधारको संकेत देखिएको थियो । सोमबार बजार ११४ अंकले घटेपनि कारोबार रकममा सुधार आउँदैं ८ अर्ब ४९ करोड ३४ लाख एक हजार ९ रुपैयाँको सेयर कारोबार भएको थियो । मंगलबार भने बजार बढेपनि कारोबार रकम भने केही खुम्चदैं ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका कूल २२३ वटा कम्पनीको एक करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको सेयर घटेको छ । मंगलबार पनि अरूण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड ४४ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । सोमबार सबै उपसूचकमा गिरावट आएको छ भने सबैभन्दा बढी फाइनान्सको शेयर ८.५६ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावर र विकास बैंकको शेयरमा ६ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

त्यसैगरी लगानी र जीवन बीमा उपसूचक समुहको शेयरमा ५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ भने होटल तथा पर्यटन, निर्जीव वीमा र ट्रेडिङ उपसूचकको शेयर ४ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै माइक्रो फाइनान्स , म्युचुअल फण्ड र अन्य समुहको शेयर ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

त्यसैगरी सोमबार मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ भने सात कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै सोमबार अरुण भ्याली हाइड्रोपावरको ४० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको २२ करोडको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL