Logo

महत्वकांक्षी योजनामा सुस्त काम : चार महिनामा २३९ किलोमिटरमा काम हुँदा साउनमा उपलब्धि शून्य

महत्वकांक्षी योजनामा सुस्त काम : चार महिनामा २३९ किलोमिटरमा काम हुँदा साउनमा उपलब्धि शून्य



काठमाडौं । देशभर गुणस्तरीय र द्रूत गतिको दूरसञ्चार सेवा पुर्याउने उद्देश्यसहित शुरु भएको अप्टिकल फाइबर बिस्तार परियोजनाको काम निकै सुस्त भएको छ । निकै महत्वकांक्षी आयोजनाका रुपमा लिइएको यो परियोजनाअन्तरगत नेपाल टेलिकमले नेपाल दूरसंचार प्राधिकरणको ग्रामीण दूरसंचार विकास कोषको परिचालन गरी ४ महिनामा २३९ किलोमिटर अप्टिकल फाइबर विस्तार गरेको छ ।

laxmi

प्राधिकरणले तोकेको पहिलो प्याकेजअन्तर्गत प्रदेश १, २ र ३ का विभिन्न क्षेत्रमा पुर्याउनुपर्ने यस्तो अप्टिकल फाईबर हालसम्म १००६ किलोमिटरसम्म विस्तार गरिएको हो । प्राधिकरणका अनुसार टेलिकमले गत फागुन मसान्तसम्म यस्तो अप्टिकल फाईबर ७ सय ६७ किलोमिटर क्षेत्रमा विस्तार गरेको थियो । तर, कम्पनीले असार मसान्तसम्म उक्त कार्यको विस्तार २ सय ३९ किलोमिटर बढाई १ हजार ६ किलोमिटर पुर्याएको हो ।

दूरसंचार विकास कोषको परिचालन गरी नेपालका सबै क्षेत्रमा अप्टिकल फाइबरको पहुँच पुर्याउन विभिन्न ३ प्याकेजमा विभाजन गरी ३ कम्पनीलाई परियोजना हस्तान्तरण गरिएको थियो । पहिलो परियोजना अन्तर्गत पर्ने प्रदेश १, २ र बागमती प्रदेशको जिम्मा नेपाल टेलिकमले पाएको थियो भने बागमति प्रदेशका केही जिल्ला, लुम्बिनी र गण्डकी प्रदेशको जिम्मा युनाईटेड टेलिकमले पाएको थियो । यस्तै प्याकेज ३ अन्तर्गत कर्णाली र सूदूरपश्चिम प्रदेशमा विस्तार गर्ने जिम्मा स्मार्ट टेलिकमले पाएपनि उक्त प्याकेजको जिम्मा स्मार्टबाट खोसेर हाल नेपाल टेलिकमलाई नै दिईएको छ ।

तर, अन्य प्याकेजको काम न्यून अर्थात शुन्य नै हुँदा पहिलो प्योकेजको काममा भने ४६ प्रतिशत बढी काम भएको हो । उक्त प्याकेजअन्तर्गत २ हजार १ सय ७९ किलामिटर क्षेत्रमा अप्टिकल फाईबर विछ्याउनुपर्ने हो । जसअन्तर्गत हाल कुल कामको ४६ दशमलव १६ प्रतिशत अर्थात १००६ किलोमिटर अप्टिकल फाईबर विछ्याईएको छ ।

नेपाल टेलिकमले २०७३ असोज १२ गते २ बर्षभित्रै प्रदेश १, २ र ३ का सबै जिल्लासम्म अप्टिकल फाईबर विछ्याउने गरी उक्त परियोजना हात पारेको थियो । कम्पनीले उक्त परियोजनाअन्तर्गत रहेर मध्यपहाडी लोकमार्गलाई आधार बनाई राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने गरी अप्टिकल फाईबर संजाल विच्छ्याई सबै जिल्ला सदरमुकाम तथा स्थानीय तहसम्म अप्टिकल फाईबर पुर्याउनुपर्ने थियो । तर हालसम्म आधाभन्दा पनि कम काम गरेको टेलिकमले अर्काे अर्थात यसैको तेस्रो प्याकेज अन्तर्गत रहेको प्रदेश ६ र ७ मा पनि अप्टिकल फाईबर विछ्याउने जिम्मा पनि पाएको छ । हालसम नेपाल टेलिकमले पहिलो प्याकेजअन्तर्गतका विभिन्न स्थानहरुमा २८ ओटा डिडब्लुडिएम र ४८ ओटा कोरा राउटरलगायतका उपकरणहरु जडान गरिसकेको छ ।

साउनमा शून्य

नेपाल टेलिकमले यसअघि धिमा किसिमले अघि बढाईरहेको उक्त परियोजनाको प्रगति साउन महिनामा भने शून्य देखिन्छ । प्राधिकरणका अनुसार असार मसान्तसम्म तेस्रो प्याकेजमा १००६ किलोमिटसम्म विछ्याइएको अप्टिकल फाइवर साउन मशान्तसम्म प्रगति नहुँदा १००६ किलोमिटरमै सिमित छ । यस अवधिमा टेलिकमले कोर राउटर र डिडब्लुडीएम उपकरणहरुको जडान पनि नगरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको ग्रामीण दूरसंचार विकास शाखाका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठ भने साउनमा झरीका कारण काम नभएको हुनसक्ने बताउँछन् । कम्पनीलाई यो महिना यति काम गर्नुपर्छ भनेर नतोकेका कारण कम्पनीले आफ्नै निर्णयका आधारमा काम गर्न सक्ने भएकाले यो कम्पनीकै जिम्मेवारी रहेको उनले बताए । ‘हामीले टेलिकमलाई किन काम भएन भनेर स्पष्टीकरण सोध्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘यो कम्पनीको कुरा हो, तर निश्चित समय दिएका छौं त्यो समयसम्म परियोजना पुरा नभएको अवस्थामा भने स्पष्टीकरण सोध्नुपर्ने हुन्छ ।’

प्राधिकरणका अनुसार दोस्रो प्याकेज (वाग्मती प्रदेश र लुम्बिनी प्रदेश) अन्तर्गत भने युनाइटेड टेलिकमले २ वर्षभित्र काम सक्ने गरी सम्झौता भए पनि कार्यको प्रगति शून्य देखिएपछि प्राधिकरणले सम्झौता म्याद थप गरेको छैन । त्यसबारेमा सर्वोच्चमा मुद्दा परेको र मुद्दा टुङ्गो नलागेसम्म अवधि थप नगर्न अन्तरिम आदेश भएको छ । तेस्रो प्याकेजअन्तर्गत टेलिकमसँग २ वर्षभित्र कार्य सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

सो कार्यका लागि सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । कर्णाली र सुदूरपश्चित प्रदेशका लागि बोलपत्र मूल्याङ्याकनको क्रममा रहेको छ । गण्डकी र लुम्बिनीमा दुई हजार १६० र कर्णाली र सुदूरपश्चित प्रदेशमा एक हजार ९९२ किलोमिटर दूरीसम्म अप्टिकल फाइवर विछ्याउने सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL