GBIME

अर्थमन्त्रालयले पायो राजस्व सचिव, अतिरिक्त समुहमा रहेका पुष्करलाई अवसर


बिजखबर संवाददाता
28 August, 2021 8:30 am

krishna-hari

काठमाडौं । सरकारले अर्थमन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समुहमा रहेका पुष्करलाई राजस्व सचिवमा सरुवा गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करसहित ३ जना सचिवको सरुवा र पदस्थापन गरेको हो ।

Bajaj
NABIL
YAMAHA

यसअघिका राजस्व सचिव रामशरण पुडासैनीले उमेर हदका कारण २४ साउनमा अवकाश पाएयता अर्थमन्त्रालयमा राजस्व सचिवको दरबन्दी रिक्त थियो ।

सरकारले सचिव भरतमणी सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र कर्णाली प्रदेशका प्रमुख सचिव गणेश पाण्डेलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमा मन्त्रालयमा सरुवा गरेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL