Logo

सेयर धितो ऋणमा कडाई : एक व्यक्तिले बढीमा १२ करोड लिनसक्ने, एउटै संस्थाबाट ४ करोड मात्र

सेयर धितो ऋणमा कडाई : एक व्यक्तिले बढीमा १२ करोड लिनसक्ने, एउटै संस्थाबाट ४ करोड मात्र



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको छ । सेयर धितोकर्जामा जोखिम न्यूनिकरण गर्ने उद्देश्य अनुरुप सेयर धितो कर्जाको सीमा तोकेको छ ।

laxmi

जस अनुसार अबका दिनमा एउटा व्यक्तिले सेयर धितो राखेर बढिमा १२ करोड रुपैयाँ मात्र कर्जा लिन सक्नेछन् । साथै एक व्यक्तिले एउटा बैंकबाट बढिमा ४ करोड रुपैयाँ मात्रै लिन पाउनेछन् । यस अघि यस्तो कर्जामा कुनै सीमा थिएन ।

यदि कसैले यो सीमाभन्दा बढी ऋण लिएको भए निश्चित समयभित्र उक्त सीमामा झार्नुपर्ने छ । यसैगरी राष्ट्र बैंकले मर्जिन कर्जा मूल्यांकनलाई यथावत नै राखेको छ । जस अनुसार सेयर धितो कर्जामा ७० प्रतिशत नै ऋण लिन पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL