Logo

आजै थपिए डेढ महिना यताकै धेरै कोरोना संक्रमित, २५ जनाको मृत्यु

आजै थपिए डेढ महिना यताकै धेरै कोरोना संक्रमित, २५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप कोरोनाका ३ हजार ४ सय २१ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४० पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ९१ र ५ हजार ३२ को एन्टीजेन परीक्षण गर्दा १ हजार २० गरी एकैदिन ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो संख्या डेढ महिना यताकै बढि हो । गत जेठ २५ गते ५ हजार १ सय ५३ संक्रमित थपिए पनि त्यसपछि भने संक्रमित भने औसत ३ हजारमा झरेको थियो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय ८६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL