Logo

उपत्यकाको मुख्य सडक दिनभरि जसो खाली, राष्ट्रपतिको रात्रीभोजलाई पनि सवारीजाम

उपत्यकाको मुख्य सडक दिनभरि जसो खाली, राष्ट्रपतिको रात्रीभोजलाई पनि सवारीजाम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ मंसिर, काठमाडौं । राजधानीमा सार्कका सरकार तथा राष्ट्र प्रमुखको आवागमनका लागि उपत्यकाको मुख्य सडकहरु खाली गरिएको छ । मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म उपत्यकाका सडक ठप्प हुने उपत्यका ट्राफिक प्रहरी महाशाखाको वेवसाइटमा उल्लेख छ ।

दिनभरी विशिष्ट पाहुनाहरुको आगमन हुने भएकाले दिनभरिजसो उपत्यकाको सडक खाली गरिएको महाशाखाले बताएको छ । बिहान ७ बजेदेखि १० बजेसम्म पनि उपत्यकाको सडक बन्द गरिएको थियो । उक्त समयमा विशेषगरी कलंकीदेखि भक्तपुरसम्मको सडक खाली गरिएको थियो ।

मध्यान्ह १२ बजे भक्तपुरदेखि सोल्टी होटलसम्मको सडक खाली गराइएको थियो । यस्तै, भक्तपुर दरबारदेखि मुख्य राजमार्ग, कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटेलसम्मको बाटो खाली गराइएको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै, २ बजे धुलिखेल सार्कका सरकार प्रमुख तथा विशिष्ट पाहुनाहरु फर्कने कार्यक्रम रहेकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, माइतीघर, पुतली सडक रुट खाली गराईनेछ ।

धुलिखेलबाट फर्केपछि सार्क समापनका लागि राष्ट्र तथा सरकार प्रमुखहरु राष्ट्रिय सभा गृहमा आउने कार्यक्रम रहेको छ । त्यसपछि उनीहरु सभागृहबाट सोल्टी होटल फकिर्ने भएकाले रत्नपार्क, त्रिपुरेश्वर, कालिमाटी, कलंकी सडक खण्ड पनि खाली गराइनेछ ।

राष्ट्रपति भोजका लागि पनि जाम

साँझ ६ बजे राष्ट्रपनि डा. रामवरण यादवले गर्न लागेको रात्रीभोजका लागि सार्कका सरकार तथा राष्ट्र प्रमुखहरु राष्ट्रपति भवन शीतल निवासमा जाने कार्यक्रम रहेको छ । उक्त समयमा कलंकीदेखि महाराजगञ्जसम्मको सडक खाली गराइनेछ ।

रात्रीभोज सकिएपछि राति ८ बजे शीतलनिवासबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलगायत स्देश फिर्ताका लागि सिधै विमानस्थल जाने कार्यक्रम रहेको छ । यस्तै, कोही होटल फकिर्ने भएकाले राजधानीका सबै सडकहरु खाली गराइनेछ । झण्डै राती १० बजेसम्म उपत्यकाका मुख्य सडकहरु खाली गरिने महाशाखाले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL