Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २७ सय १४ जना संक्रमित, २४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २७ सय १४ जना संक्रमित, २४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षणमा १ हजार ८ सय ५५ जना र ३ हजार ७ सय ७ एन्टिजेन परीक्षणमा ८ सय ५९ जना गरी २ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज नेपालभर संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL