Logo

११ महिनामा साढे १ खर्ब बढी सहुलियत कर्जा प्रवाह, सबैभन्दा बढी कृषिमा

११ महिनामा साढे १ खर्ब बढी सहुलियत कर्जा प्रवाह, सबैभन्दा बढी कृषिमा



काठमाडौं । पछिल्लो समय बैंकहरुले प्रदान गर्ने सहुलियत कर्जामा वृद्धि भएको छ । विभिन्न बैंकहरुले आर्थिक बर्ष २०७७÷७८ को ११ महिनामा १ खर्ब ५० अर्ब बढी सहुलियतपुर्ण कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि फागुन मसान्तसम्म १ खर्ब ५० अर्ब ९६ करोड ३७ लाख रुपैयाँ सहुलियतपुर्ण कर्जा प्रवाह भएको छ ।

laxmi

कोरोना महामारीकै अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले विभिन्न १० शीर्षकमा ११ महिनामा ९६ हजार ८ सय ५२ जनालाई उक्त कर्जा प्रवाह गरेको हो । जसमा सबैभन्दा बढी कर्जा व्यवसायिक कृषी तथा पशुपंक्षी कर्जा शीर्षकमा प्रवाह भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषी तथा पशुपंक्षी कर्जा शिर्षकमा ११ महिनामा ४४ हजार ७ जनाले १ खर्ब २ अर्ब ८३ करोड रुपैयाँ कर्जा लिएका हुन् । गत बर्ष आव २०७६÷७७ को यही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले यो शिर्षकमार्फत २४ हजार ७ सय ६३ जनालाई ५४ अर्ब ११ करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

आर्थिक बर्ष २०७५÷७६ को ११ महिनामा भने विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले १७ हजार २ सय ३ जनालाई ३२ अर्ब १८ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । ५ प्रतिशत ब्याजदर अनुदान पाईने यस्तो कर्जामा पछिल्लो समय आकर्षण बढ्दो छ । यस्तै बैंक तथा वित्तीय संस्थाहरुले महिला उद्यमशिल कर्जा शिर्षकमा कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक बर्ष २०७७÷७८ को ११ महिनामा यो शिर्षकअन्तर्गत ५ हजार ५ सय १३ जनालाई ४४ अर्ब ६६ करोड रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । आर्थिक बर्ष २०७६÷७७ मा भने यो शिर्षक अन्तर्गत ६ हजार ६ सय २ जनालाई ४ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ कजारु प्रवाह भएको देखिन्छ ।

यस्तै आर्थिक बर्ष २०७७÷७ ८ को ११ महिनामा युवा स्वरोजगार कर्जा तथा सिटीईभीटीबाट मान्यताप्राप्त संस्थामा तालिम कर्जासमेत समाबेस भएका छन् । यी दुई शिर्षक अन्तर्गत ११ महिनामा क्रमशः ३ र २ जनाले ११ लाख ५ हजार र ३ लाख ७० हजार रुपैयाँ कर्जा लिएका छन् । गत बर्षहरुमा यी शिर्षकमा कर्जा प्रवाह भएको देखिँदैन । यस्तै सहुलियत व्याजदमार पाईने कर्जामा आकर्षण बढेसँगै शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फिर्ता भएका युवाहरुलाई परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जालगायतमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ ।

जसमध्ये दलित समुदाय व्यवसाय विकास कर्जा शिर्षक अन्तर्गत ८ सय ५७ जनाले ५२ करोड रुपैयाँ बढी कर्जा लिएका छन् भने वैदेशिक रोजगारबाट फर्किएका ७ सय ९१ जनाले ५७ करोड ८२ लाख रुपैयाँ सहुलियत कर्जा लिएका छन् । यस्तै भुकम्पले भत्किएका घर पुनर्निर्माण कर्जा शिर्षकमा ११ महिनामा ५ करोड १३ लाख रुपैयाँ प्रवाह हुँदा कपडा उद्योगीहरुलाई दिईने सहुलियत कर्जा शिर्षकमा २ अर्ब २३ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकले २०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । यसमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पुरानै हो । व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान दिने कार्यक्रम २०७३ मै आएको हो । पछि यो कर्जालाई पनि सरकारले सहुलियत ब्याजदरको कार्यविधिअनुसार समेटेर एकीकृत कार्यक्रम बनाएको थियो । सहुलियत दरको कर्जामा बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम (ब्याजदर) थप गर्न पाउँछन ।

२०७८ असारसम्म वाणिज्य बैंकले न्यूनतम पाँच सय, विकास बैंकले न्यूनतम दुई सय र वित्त कम्पनीले एक सय वटा कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । सोही अनुसार आर्थिक बर्ष २०७७÷७८ को बजेटमा पनि वाणिज्य बैंकका हरेक शाखाले १० र विकास बैंकको शाखाले पाँच वटा सहुलियत दरका कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था घोषणा गरिएको थियो ।

सोही व्यवस्थालाई समेटेर राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले कम्तीमा ५ वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रियस्तरका विकास बैंकले कम्तीमा ३ वा न्यूनतम प्रतिशाखा पाँचमध्ये जुन बढी हुन्छ, सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL