Logo

वालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीको तयारी, दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने

वालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीको तयारी, दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।

सर्वोच्चले आज साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन भनेको छ । प्रधानमन्त्री ओलीले आजै प्रधानमन्त्री निवास बालुवाटार छाडने तयारी गरिरहेका छन् ।

संविधानको धारा ७६ ९३० अनुसार, प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रूपमा ओली गत ३१ वैशाखमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL