GBIME

खाद्यान्नको उच्च मूल्यवृद्धि र कम आयको असर : विश्वका ३ अर्ब मानिस स्वस्थ आहारबाट बञ्चित


बिजखबर संवाददाता
11 July, 2021 1:03 pm

food

काठमाडौं । कोभिड–१९ महामारीले मकै, दूध, सिमी र अन्य वस्तुहरूको मूल्य बढिरहेको छ । तर, महामारीको अघि पनि करिब ३ अर्ब मानिसहरूले स्वस्थ खानाको लागि सस्तो विकल्प अपनाउन नसक्ने अवस्था थियो । विश्वव्यापी खाद्यान्न मूल्य तथ्यांक (ग्लोबल फुड प्राइस डाटा) को भर्खरै सार्वजनिक भएको विश्लेषण प्रतिवेदनका अनुसार २०१७ (पछिल्लो जनसंख्याको उपलब्ध वर्षं) सम्म विश्वको लगभग ४० प्रतिशत जनसंख्या उच्च खाद्यान्न मूल्य र कम आयका कारण खराब गुणवत्ताको आहार उपभोग गर्न बाध्य भएका थिए । जब स्वस्थ खाद्य वस्तुहरू मूल्यका कारण किन्न सकिदैन मानिसहरूलाई कुपोषण र आहार–सम्बन्धित रोगहरू जस्तै एनिमिया वा मधुमेह जस्ता समस्याबाट बच्न असम्भव हुन्छ । ।

Bajaj
Nabil
Yamaha

विश्वको कुल ७ अर्ब ९ करोड जनसंख्यामध्ये बाँकी ६० प्रतिशत मानिसहरूले स्वस्थ खानाको लागि सामग्रीहरू खरीद गर्ने क्षमता राख्दछन् । यसको मतलब उनीहरू सँधै स्वस्थ आहार लिन्छन् भन्ने ग्यारेन्टी भने नरहेको प्रतिवेदनमा उल्लेख छ । खाना पकाउने समय र कठिनाईको साथसाथै अन्य खाद्यान्नको विज्ञापन र मार्केटिङले धेरै मानिसहरूलाई आश्चर्यजनक रूपमा अस्वस्थ्यकर चीजहरू छनौट गर्दछन ।

किफायती र अस्वस्थ्यकर आहारको अन्य कारणहरू बीचको भिन्नतालाई अनुसन्धानको उपयुक्त नतिजाहरूतर्फ महत्वपूर्ण कदम मान्न सकिन्छ । टफ्ट्स युनिभर्सिटीको ‘पोषणको लागि खाद्य मूल्य’ भन्ने शोध अनुसन्धान परियोजनाले कृषि र खाद्य वितरण मानव स्वास्थ्य आवश्यकताहरूसँग कसरी सम्बन्धित छ भन्ने कुराको नयाँ दृष्टिकोण प्रदान गर्दछ । विश्व बैंक विकास डाटा समूह र अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थानको सहकार्यमा पोषणमा अर्थशास्त्रलाई जोडिएको छ ।

jagadamba_cement

‘विश्वव्यापी डाइट लागत’ मापन गर्न यो परियोजनाले १७४ देशहरुमा करीव ८०० लोकप्रिय खाद्य पदार्थहरुको लागि विश्व बैंकको मूल्य डाटालाई ती वस्तुहरुको पोषण संरचनासंग जोडेको थियो । प्रत्येक वस्तुको मूल्य र पौष्टिक मूल्यहरू एकै समयको प्रयोग गरेर आहार निर्देशिका अनुरुप पोषक आवश्यकताहरूको पूर्ति गर्ने कम महँगो तरीकाको गणना गरिएको थियो ।

अनुसन्धानमा आहार लागतलाई विश्व बैंकको अनुमानसँग तुलना गरेर मानिसहरूले प्रायः प्रत्येक देशभित्र खाद्यान्न र आम्दानी वितरणमा के–कसरी खर्च गर्छन् भन्ने अध्ययन गरिएको थियो । प्रतिवेदनका अनुसार संयुक्त राज्य अमेरिकामा प्रायः सबैले स्वस्थ खानाको लागि पर्याप्त चामल र सिमी, पालक, क्यान टुना, रोटी, बदाम, बटर र दूध जस्ता खाद्य सामग्री किन्न सक्दछन् । तर, अफ्रिका र दक्षिण एशियाका अधिकांश व्यक्तिहरूले आफ्नो सम्पूर्ण उपलब्ध आय खर्च गर्दा पनि स्वस्थ आहारको लागि पर्याप्त भोजन पनि नपाएको स्थिति छ ।

धेरै स्वस्थ खाना जस्तैः फलफूल र तरकारीहरू, नटहरू, दुग्धजन्य उत्पादनहरू र माछाको मूल्य स्टार्च स्टेपल्स, तेल र चिनीभन्दा सधै महँगो हुन्छ् । स्वस्थ खाना समूहहरूको उच्च मूल्यका कारण गरिबीमा मानिसहरू सस्तो चीज खानको लागि बाध्य हुन्छन वा भोकै बस्नुपर्छ ।

के गर्न सकिन्छ ?

देशहरूले सबैलाई उच्च तलबसहित रोजगारी सिर्जना गरेर र कम आय भएका व्यक्तिहरूको लागि सामाजिक सुरक्षा विस्तार गरेर स्वस्थ आहार प्राप्त गर्न सम्भव बनाउन सक्छन । उदाहरणको लागि, अमेरिकाको पूरक पोषण सहायता कार्यक्रम वा स्न्याप कार्यक्रम जसले कम आय भएका अमेरिकीहरुलाई खानेकुरा किन्न मद्दत गर्दछ । यस प्रकारको सेफ्टी नेट प्रोग्रामहरूले खाद्यान्न असुरक्षालाई कम गर्दछ, कमजोेर आर्थिक अवस्थामा रोजगारहरू सुरक्षित गर्दछ र विशेष गरी बाल विकासको लागि महत्वपूर्ण हुन्छ ।

गरिबहरूको लागि उच्च आय र सुरक्षाबाहेक, खाद्य उत्पादन र वितरण सुधार गर्न नयाँ प्रविधि र पूर्वाधारमा सार्वजनिक लगानी गर्न सके सबैका लागि खाद्य मूल्य कम गर्न सकिन्छ । ‘कृषिमा नवीनता र खाद्यान्न बजारमा लगानीले जीवन बचाउन र आर्थिक विकास गर्न सक्दछ । जब नयाँ प्रविधि र अन्य परिवर्तनहरू स्थानीय अवस्थामा अनुकूल हुन्छन्’, प्रतिवेदनमा उल्लेख छ ।

अर्कोतर्फ स्थानीय रूपमा उपलब्ध वस्तुहरूको प्रयोग गरेर स्वस्थ आहारको लागत मापन गर्दा उपभोक्ता मूल्यहरुमा ध्यान केन्द्रित हुने र स्वस्थ खानाको लागि कम आय भएका मानिसहरूले पनि स्वस्थ्य आहारका लागि खाधान्न खरीद गर्न सक्छन् । प्रतिवेदनमा सरकार र विकास एजेन्सीहरुको उपयुक्त प्रयासले एकदिन संसारभरका सबैलाई स्वस्थ आहारको लागि सम्भव बनाउन सकिने उल्लेख गरिएको छ । https://theconversation.com/us बाट अनुवाद

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom