Logo

नेपाली राजदूत अञ्जान शाक्यको पहलमा इजरायलबाट २० करोड बराबरको स्वास्थ्य सामग्री आईपूग्यो

नेपाली राजदूत अञ्जान शाक्यको पहलमा इजरायलबाट २० करोड बराबरको स्वास्थ्य सामग्री आईपूग्यो



काठमाडौं । इजरायका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित २० करोड रुपैयाँको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो । विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उनीहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ । नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलोपटक अवतरण भएको हो ।

‘नेपाल आएका ती स्वास्थ्य सामग्री इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्था, व्यावसायिक क्षेत्र, इजरायली, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीबाट सहयोगस्वरुप प्राप्त भएका हुन्’, राजदूत डा शाक्यले भनीन, ‘करीब २० करोड रुपैयाँ मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छन् ।’

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This