Logo

पर्यटनमा कोभिड-१९ को प्रभाव : ‘ग्लोबल इकोनोमी’ मा चार खर्ब डलर बढीको क्षति, विकासशील देश बढी प्रभावित

पर्यटनमा कोभिड-१९ को प्रभाव : ‘ग्लोबल इकोनोमी’ मा चार खर्ब डलर बढीको क्षति, विकासशील देश बढी प्रभावित



काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) महामारीको कारण विश्वव्यापी अर्थव्यवस्था (ग्लोबल इकोनोमी) मा ठूलो क्षति परिरहेको छ । कोभिड महामारी शुरु भययता अन्तर्राष्ट्रिय पर्यटनमा वर्ष २०२० र २०२१ मा विश्वलाई ४ खर्ब डलरभन्दा बढीको घाटा हुन सक्ने खर्भरै सार्वजनिक युनाइटेट नेसन्स कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलेपमेन्ट युएनसीटीएडी (अन्कटाड) को एक प्रतिबेदनमा उल्लेख छ । अनुमानित क्षति महामारीको पर्यटनमा प्रत्यक्ष प्रभाव र यसका अन्य क्षेत्रहरूमा यसको प्रभावसँग जोडिएकोे छ ।

laxmi

संयुक्त राष्ट्र संघको पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) सँग संयुक्तरूपमा सार्वजनिक गरिएको उक्त प्रतिवेदनले भनेको छ कि अन्तर्राष्ट्रिय पर्यटन र यससँग जोडिएको क्षेत्रले २०२० मा अनुमानित २.४ ट्रिलियन डलरको क्षति भोग्नुपरेको छ । अन्तर्राष्ट्रिय पर्यटकमाथिको प्रत्यक्ष र अप्रत्यक्ष बन्देजको प्रभावका कारण यस्तो घाटा भएको हो ।

प्रतिवेदनले यो वर्ष अर्थात सन् २०२१ मा पनि यस्तै हानी हुन सक्ने चेतावनी दिदै पर्यटन क्षेत्रको पुनर्उत्थान विश्वव्यापी रूपमा कोभिड १९ विरुद्ध खोपको उपभोगमा निर्भर रहने बताएको छ । ‘विश्वलाई विश्वव्यापी खोप प्रयासको खाँचो छ जसले श्रमिकलाई बचाउन, प्रतिकूल सामाजिक प्रभावहरूलाई कम गर्न र सम्भावित संरचनात्मक परिवर्तनलाई ध्यानमा राखी पर्यटनसम्बन्धी रणनीतिक निर्णयहरू लिन सक्छ,’ युएनसीटीएडीका कार्यवाहक महासचिव इसाबेला दुरान्टले भनिन् ।

युएनडब्ल्यूटीओका महासचिव जुराब पोलीकाशिविलीले भन्छन–‘पर्यटन लाखौंको लागि एक जीवनरेखा हो र समुदायलाई बचाउन खोप लगाउने कामलाई सुरक्षित गर्न र पर्यटन सुरक्षित रुपमा पुनः सुरु गर्नलाई विशेष गरी विकासशील देशहरूमा रोजगार र रिकभरीको आवश्यक छ, खासगरी विकासशील देशहरूमा । जहाँ धेरै अन्तर्राष्ट्रिय पर्यटनमा निर्भर छन् ।’

विकासोन्मुख देशहरू असमान खोप वितरणको पीडामा

प्रतिवेदनले विकासशील देशहरू कोभिड १९ विरुद्धको खोप वितरणमा रहेको असमानताबाट थप प्रभावित भएको उल्लेख गरेको छ । ‘केही देशहरूभन्दा कतिपय देशहरूमा खोप बढी भएको प्रस्टै देखिएको छ । अधिकांश विकसित देशहरूमा पर्यटनको घाटा घट्दै गएको तर, विकासशील देशहरूमा अवस्था झन्–झन् खराब हुँदै गएको छ’, प्रतिवेदनमा छ ।

अन्तर्राष्ट्रिय पर्यटनमा अत्यधिक निर्भर रहेका विकासशील देशहरूमा पर्यटन लाखौंको लागि एक जीवन रेखा भएको उल्लेख गर्दै समुुदायलाई बचाउन खोप कार्यक्रम अअगाडि बढाउनुपर्ने बताइएको छ । कोभिड–१९ विरुद्धको खोप केहि देशहरूमा जनसंख्याको १ प्रतिशत भन्दा कम रहेको अवस्था केहीमा ६० प्रतिशतभन्दा माथि छ । प्रतिवेदनका अनुसार खोपको असमान वितरणले विकासोन्मुख देशहरुमा आर्थिक क्रियाकलापलाई ठूलो असर पुर्याएको छ भने ती देशहरूले विश्वव्यापी जीडीपीको घाटामा ६० प्रतिशत हिस्सा लिन सक्दछन् ।

उक्त प्रतिवेदनले फ्रान्स, जर्मनी, स्विजरल्याण्ड, बेलायत र संयुक्तराज्य अमेरिकाजस्ता उच्च खोप दरहरू भएका देशहरूमा छिटो सुधार हुने अपेक्षा गरिएको उल्लेख गरेको छ । तर, विज्ञहरूले २०२३ वा सोभन्दा पछि पूर्वावस्थामा रहेको अन्तर्राष्ट्रिय पर्यटन आगमनमा सुधारको आशा नगरेको र यसको प्रमुख कारणहरुमा यात्रा प्रतिबन्धहरू, भाइरसको ढिलो रोकथाम, कम यात्रीहरूको विश्वास र कमजोर आर्थिक वातावरण रहेको बताएका छन् ।

२०२१ मा १.८ खर्ब डलर घाटा अपेक्षित

यस वर्षको मध्यसम्म अन्तर्राष्ट्रिय पर्यटनमा सुधार अपेक्षित रहेको भएपनि युएनसीटीएडी रिपोर्टले २०१९ को तुलनामा २०२१ मा १.८ खर्ब देखि २.४ खर्ब डलरको घाटा देखाएको छ । यो अनुमान वर्तमान अवस्थामा आधारित रहेको र यसले महामारीको आगामी अवस्था लाई नसमेटने उल्लेख छ । उक्त प्रतिवेदनले २०२१ मा पर्यटन क्षेत्रका तीन सम्भावित परिदृश्यहरूको आर्थिक प्रभावहरूको मूल्यांकनसमेत गरेको छ ।

घाटा पहिले सोचेभन्दा खराब

गत वर्ष जुलाईमा युएनसीटीएडीले अनुमान गरेको छ कि अन्तर्राष्ट्रिय पर्यटनमा चार देखि १२ महिनाको अवरोधले अप्रत्यक्ष लागतलगायत विश्वव्यापी अर्थतन्त्रलाई १.२ ट्रिलियन र ४.४ ट्रिलियन डलर घाटा हुनेछ । घाटा पहिले सोचेभन्दा खराब हो किनकि गत वर्ष यूएनसीटीएडले प्रक्षेपण गरेको सबैभन्दा खराब अवस्था पनि आशावादी हुन सकिएको थियो ।
युएनडब्ल्यूटीओका अनुसार, जनवरी र डिसेम्बर २०२० को बीचमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या झण्डै १ अर्ब वा ७३ प्रतिशतले घटेको छ । २०२१ को पहिलो त्रैमासिकमा युएनडब्ल्यूटीओ विश्व पर्यटन ब्यारोमिटरका अनुसार ८४ प्रतिशतले गिरावट आएको छ ।

महामारीका कारण पर्यटक आगमनामा आएको कमीले विकासोन्मुख देशहरूले पर्यटनमा महामारीको प्रभावको सबैभन्दा ठूलो असर भोगिरेहाक छन् । सन् २०२० मा पर्यटक आगमनमा सबैभन्दा ठूलो कटौती भएको र यस्तो छ ६० देखि ८० प्रतिशतसम्म रहेको थियो ।

महामारीबाट सबैभन्दा बढी पर्यटन प्रभावित भएका देशहरु उत्तर–पूर्वी एशिया, दक्षिण–पूर्वी एशिया, ओशिनिया, उत्तर अफ्रिका र दक्षिण एशियाकारहेका छन् भने सबैभन्दा कम प्रभावितमा उत्तर अमेरिका, पश्चिमी यूरोप र क्यारिबियन क्षेत्रका देशहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL