Logo

बढ्दै कोरोनाबाट निको हुनेको संख्या, निको हुने दर ९३ प्रतिशत

बढ्दै कोरोनाबाट निको हुनेको संख्या, निको हुने दर ९३ प्रतिशत



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा ७ हजार १ सय ३० जनाको पिसिआर तथा ३ हजार ८ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः १ हजार ८ सय ५७ र ९ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अबधिमा देशभर ३३ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म ९ हजार हजार १ सय ४५ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै सोही अबधिमा देशभर ४ हजार १७ जना उपचारपछि निको भइ घर फर्किएका छन् । सङ्क्रमण निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ । हालसम्म ६ लाख १ सय ४९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL