Logo

यी दुई कम्पनीका कोरोना खोप लगाएपछि जीवनभर ढुक्क हुन सकिने, यस्तो छ अनुसन्धानको निष्कर्ष

यी दुई कम्पनीका कोरोना खोप लगाएपछि जीवनभर ढुक्क हुन सकिने, यस्तो छ अनुसन्धानको निष्कर्ष



काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना संक्रमण (कोभिड–१९) का कारण अहिले विश्व नै सन्त्रासमा छ । कोरोना संक्रमणको पहिलो लहर शुरु भएको डेढ वर्षयता कोरोना संक्रमण दोश्रो, तेश्रो लहर हुँदै र विभिन्न स्वरुपमा उत्परिवर्तन हुँदै विश्वभर फैलिरहेको छ । कोरोनाकै कारण विश्वका करीब ४० लाख मानिसकले ज्यान गुमाइसकेका छन् र अहिले पनि यो क्रम जारी नै छ ।

laxmi

कोरोना नियन्त्रण तथा रोकथामका लागि विश्वका विभिन्न राष्ट्रहरुले जारी गरेको बन्दाबन्दीका कारण करोडौं मानिस बेरोजगार भएका छन् भने करोडौंको व्यवसाय बन्द भएको छ । कोरोनाले विश्वको अर्थतन्त्र नै डामाडोल बनाइदिएको छ ।

कोरोना संक्रमणको कुनै पनि औषधि पत्ता नलागेको अवस्थामा कोरोनाका महामारीको अन्त्यका लागि विश्वमा भएको पछिल्लो प्रयास कोरोनाविरुद्धको खोप हो । कोरोनाविरुद्धको खोपका कारण पछिल्लो समय सकारात्मक बन्दै गएको छ । अहिले विश्वका विभिन्न देशकले कोरोना खोपको विका गरिसकेका छन् र तिनको प्रभावकारिताबारे विभिन्न अध्ययन पनि भइरहेका छन् । यसैक्रममा कोरोना महामारीविरुद्ध थप सकारात्मक खबर आएको छ ।
कोरोनाको नयाँ भेरिएन्टहरूको जोखिमकाबीच भर्खरै गरिएको एक अनुसन्धानले फाइजर र मोडर्नाको कोरोनाविरुद्धको खोपले नयाँ भेरियन्टसहित कोरोना संक्रमणबाट जीवनभर प्रतिरक्षा गर्न सक्ने तथ्य पत्ता लगाएको छ । फाइजर र मोर्डनाको एमआरएनए प्रविधिमा आधारित कोरोना खोपले भाइरसविरूद्ध जीवनभर सुरक्षा प्रदान गर्न सक्ने र यी दुई खोपहरूका दुई खुराकहरूले भाइरसबिरूद्ध धेरै कडा र लगातार प्रतिरक्षा दिन्छ ।

यसबाहेक, अनुसन्धानको क्रममा कोरोना भाइरसका दुई भेरियन्टबिरूद्ध उच्च स्तरको एन्टिबडी पनि उत्पादन गरेको पत्ता लागेको थियो । यो अनुसन्धानको निष्कर्ष फाईजर र मोडर्नाबाट कोरोना खोप लिनेहरूले धेरै वर्ष वा जीवनभरको लागि प्रतिरक्षा पाउन सक्छन् । यति मात्र नभएर यी खोपहरू लिने मानिसहरूलाई बूस्टर डोजको आवश्यक्ता पनि पर्दैन ।

वाशिङटन विश्वविद्यालयका एक विशेषज्ञ डा अली इलेबेडीले भने, ‘खोपबाट कतिसम्म हामीले प्रतिरक्षा पाउँछौं भन्ने बारेमा यो राम्रो संकेत हो ।’ यो अनुसन्धान नेचर जर्नलमा प्रकाशित भएको छ । यस अनुसन्धानका लागि १४ व्यक्ति छनोट गरिएको थियो । जसमा ८ व्यक्ति कोरोना भाइरसबाट संक्रमित संक्रमित भएका थिए । अनुसन्धानका क्रममा यस समयमा, अन्वेषकहरूले लिम्फ नोडहरू अनुगमन गरेका थिए जसले एक प्रकारको प्रतिरक्षा प्रणाली को उत्पादन गर्दछ, यसलाई मेमोरी बी सेल भनिन्छ ।

मेमोरी बी कोशहरूले भाइरसलाई अन्य प्रतिरोधक कोशहरूको सहायतामा मार्न मद्दत गर्दछन । यी कोषहरू धेरै वर्षसम्म रगतमा बस्न सक्दछन् । प्रतिरक्षा प्रणालीले यी कोषहरूलाई यदि अर्को संक्रमण देखा परेमा उपयोग गर्न सक्दछ । टोलीले लिम्फ नोड्सबाट तीन, चार, पाँच, सात र १५ हप्तासम्मका नमूनाहरू लिए । इलेबेडीले ४ महिना पछिपनि खोपप्रति प्रतिक्रिया राम्रो रहेको बताए । अनुसन्धानमा, फाइजर र मोर्डनाका खोपहरू बेलायत र दक्षिण अफ्रिकामा पाइने कोरोनाप्रकारका बिरूद्ध धेरै प्रभावकारी देखिएको उनले उल्लेख गरेका छन् । अनुसन्धान अझै डेल्टा भेरियन्टविरूद्ध परीक्षण गरिएको छैन ।–नवभारत टाइम्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL