GBIME

खारेज भएको तल्लो इन्द्रावती पुनः नेशनल हाइड्रोपावरकै पोल्टामा, यसरी जोगियो लगानीकर्ताको ६५ करोड


बिजखबर संवाददाता
29 June, 2021 9:02 am

Lower-Indrawati-Hydropower-Station

काठमाडौँ । लगानीकर्ताको विवादका कारण खारेज भएको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बोलकबोल प्रक्रियाबाट पुनः नेशनल हाइड्रो पावर कम्पनीले पाएको छ ।

Bajaj
Nabil
Yamaha

विद्युत् विकास विभागले सो आयोजना आज पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार आर्थिक तथा प्राविधिक प्रस्तावमा उत्कृष्ठ ठहरिएका कारण आफूहरुबाट गुमेको आयोजना पुनः फिर्ता आएको हो ।

आयोजनाको भौतिक निर्माण झण्डै ५० प्रतिशत पूरा भइसकेको छ । विवादमा पर्नु अगाडि आयोजनाले रु ६५ करोड बराबरको लगानी गरिसकेको थियो । थप रु ३५ करोड बराबरको लगानी गरिए आयोजना सम्पन्न हुने कम्पनीले जनाएको छ ।

jagadamba_cement

विभागले प्रतिस्पर्धाका आधारमा नेशनल हाइड्रो पावरलाई सो आयोजना उपलब्ध गराएको हो । कम्पनीले अब आयोजना निर्माण, सञ्चालन तथा हस्तान्तरण (बुट) प्रक्रियाबाट अगाडि बढाउनेछ ।

कम्पनीले ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो आयोजना सञ्चालन गरिरहेको छ । सोही कम्पनीले भोजपुरमा १४ मेगावाट क्षमताको इरखुवा खोला जलविद्युत् आयोजना निर्माण शुरु गरिसकेको छ भने कास्कीमा १२ मेगावाट क्षमताको मादी खोलाको समेत काम अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom