Global_Ime

वैदशिक रोजगारीमा जाने नेपालीलाई सहज, अब श्रम स्वीकृति हप्तामा तीन दिन लिन सकिने


बिजखबर संवाददाता
25 June, 2021 12:00 pm

baideshik-rojgar-bivag

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले सामाजिक दुरी कायम गरी भौतिक उपस्थितिसहित हप्तामा तीन दिन श्रम स्वीकृति दिने भएको छ । 

Yamaha

यसअघि हप्तामा दुई दिन आइतबार र बुधबार श्रम स्वीकृति दिने उक्त कार्यालयले कोरोना भाइरस संक्रमण केही कम भएको भन्दै आइतबार, मंगलबार र बिहीबार गरी हप्ताको तीन दिन श्रम स्वीकृति दिने निर्णय गरेकोे हो ।  

सार्वजनिक बिदा परेमा भने श्रम स्वीकृति नदिइने कार्यालयले जनाएको छ । बायोमोट्रिक गरेका कामदारहरुले अनलाइन माध्यमबाट श्रम स्वीकृति पाइरहेका कारण सकेसम्म कार्यलयमा उपस्थित नहुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom