Logo

दुई भारतीय नागरिकविरुद्ध १८ करोड ६५ लाख विगो दावी गर्दै मुद्दा दायर, अवैध सुनका गहना भित्र्याएको आरोप

दुई भारतीय नागरिकविरुद्ध १८ करोड ६५ लाख विगो दावी गर्दै मुद्दा दायर, अवैध सुनका गहना भित्र्याएको आरोप



काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रुपमा भारतबाट सुनका गहना ल्याउने २ जनाबाट १८ करोड ६५ लाख रुपैयाँ विगो दावी गरेको छ । राजस्व चुहावट गरेको भन्दै विभागले भारतीय नागरिक बाबुछोरी अशोक कुमार सिन्हा र निवेदिका सिन्हाविरुद्ध १८ करोड ६५ लाख रुपैयाँ विगोसहित जरिवाना र कैदको सजायको मागदावी गरेको छ ।

उनिहरु २ बाबुछोरीले भारतबाट अवैध रुपमा सुनका गरगहना भन्सार छलेर नेपाल ल्याएको आरोप छ । उनिहरुले २२ हजार ९ सय ५७ दशमलव ४८ ग्राम सुन र १ हजार ७८ ग्राहम चाँदीका गरगहना विना भन्सार नेपाल ल्याएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार उनिहरुल भारतको रक्सौलस्थित सिंहपुर, पूर्वी चम्पारणका स्थायी वासिन्दा हुन् । हाल उनिहरु विरगंजको रेशमकोठीमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL