Logo

कोरोनाविरुद्ध खोपको पूरा डोज लगाएपछि जोखिम कति छ ? यस्तो छ पछिल्लो अध्ययनको निष्कर्ष

कोरोनाविरुद्ध खोपको पूरा डोज लगाएपछि जोखिम कति छ ? यस्तो छ पछिल्लो अध्ययनको निष्कर्ष



काठमाडौं । तपाईलाई सामान्य रुघा लाग्ने, घाँटी खसखस गर्ने जस्तो हुने, ज्वरो आउने र खोकी लाग्न पनि सुरु भयो भने तपाईँ कोरोना संक्रमण भएको शंका गर्नुहुनेछ । पछिल्लो डेढ बर्षदेखि यस्ता लक्षण देखिनेवित्तिकै कोरोनाको शंका गर्ने गरिएको छ । जसका कारण सामान्य रुघाखोकीलाई पनि कोरोना संक्रमण ठानेर मानिसहरु डराइरहेका छन् ।

यसै सन्दर्भमा पछिल्लो समय विश्वव्यापी रुपमा कोरोनाविरुद्धको खोपको चर्चा चुलिएको छ । कोरोना नियन्त्रण्का लागि खोपलाई एक मात्र आधार मानिएको छ । तर, कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाईसकेपछि पनि कोरोनाको लक्षण देखिन्छ कि देखिदैन् ? खोप लगाएकामा लक्षण देखिए गम्भीर बिरामी भई अस्पताल भर्ना हुने अवस्था आउँछ कि आउँदैन ? खोप लगाएकाले संक्रमण नभएका मानिसलाई संक्रमण सारेर गम्भिर बिरामी पार्न सक्ने अवस्था रहन्छ कि रहँदैन ? जस्ता प्रश्न पछिल्लो समय निकै चर्चाका विषय बनेका छन् ।

खोपले काम त गर्छ ?

गत बर्षदेखि नै अन्वेषकहरु कोरोनाविरुद्धको खोप अन्वेषण गर्न लागिपरेका छन् । प्रभावकारी मानिएका खोपहरु पनि भनेवमोजिम प्रभावकारी भने देखिाका छैनन् । मोर्डना र फाईजर कम्पनीद्वारा निर्माण गरिएको खोपहरु पनि कोरोनाका बिरामीलाई अस्पताल भर्ना हुनबाट र मृत्यु हुनबाट बच्न ९० प्रतिशत मात्रै प्रभावकारी हुने बताईएको छ ।

यसले के पनि देखाउँदछ भने तपाईँ पुनः संक्रमित हुनबाट पनि शतप्रतिशत बच्नु हुने छैन । पछिल्लो एक अध्ययन अनुसार मोर्डनाले बनाएको भ्याक्सिनले ७० देखि ८५ प्रतिशत मात्रै संक्रमण हुनबाट बचाउँछ । यस्तै यसले मानिसलाई पुर्णरुपमा प्रतिरोधी बनाउँछ या नरम लक्षण देखाउँछ भनेर भन्न सकिने अवस्था भने छैन । तपाईँ खोप लगाईसकेपछि पनि कोरोना संक्रमण देखिए अरुलाई सार्न पनि उत्तिकै सक्रिय हुनुहुन्छ । त्यसैले खोप लगाईसकेपछि पनि बेला बेलामा कोरोना जाँच भने गरिरहनु पर्ने हुन्छ ।

यसरी कुनै व्यक्तिले पुर्ण मात्रामा खोप लगाईसकेको छ र त्यसलाई पुनः कोरोना संक्रमण भएको खण्डमा त्यस्तो केसलाई ब्रेक थ्रु केस मानिन्छ । ब्रेक थ्रु केसहरु संक्रामक रोगहरुको सिद्धान्तमा आधारित हुन्छन । कुनै व्यक्तिमा पुनः कोरोना संक्रमण भएको खण्डमा त्यसको प्रभावलाई संक्रमणको जोखिम र फैलिने तीव्रता २ तरिकाले बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL