Logo

आजै ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ७६८ जना संक्रमणमुक्त

आजै ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ७६८ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षणमा ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ जनाको एन्टिजेन परीक्षणमा ८ सय ९५ गरी ४ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL