Logo

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण, सिंहदरबारस्थित नयाँ भवनमा कार्यालय

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण, सिंहदरबारस्थित नयाँ भवनमा कार्यालय



काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।

उनी गत शुक्रवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथग्रहण गरेकी थिइन् । जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पुरानै सरसामानको सारेर कार्यकक्ष निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्