Logo

यसरी भित्रदै छ सेयर बजारमा कालोधन

यसरी भित्रदै छ सेयर बजारमा कालोधन



काठमाडौं । जब देशमा संकट आइपर्छ, सोही अवसर छोपेर नेपालको पूँजी बजारमा स्रोत नखुलेको रकम (कालोधन) ले प्रवेश पाउने गरेको छ । विस २०७२ सालमा आएको महाभूकम्प होस वा अहिलेको कोरोनाको महाविपत्ति । यस्तै मौका छोपी गलत काममा केन्द्रित भएका व्यवसायीले कालोधन प्रवेश र शुद्धीकरण गर्ने गरेको सम्बद्ध सरोकारवालाहरू बताउँछन् ।

laxmi

पछिल्लो समय सेयर बजारमा दैनिक १७ अर्ब रुपैयाँको सेयर कारोबार हुन थालेको छ । बजार बढ्दा होस वा घट्दा बजारमा कारोबार रकमको आकार उत्तिकै मात्रामा बढिरहेको छ । राज्य विपत्तिमा परेको समयमा कसैले पनि स्रोतको छानविन नगर्ने र यहि मौका छोपी गलत मनसाय भएका व्यापारीहरूले सेयर बजारमार्फत कालोधनको शुद्धीकरण गर्ने गरेका छन् ।

यसअघि विस २०७२ सालको भूकम्प पछि पनि सेयर बजारमा कालोधन भित्रिएको आशंकामा धितोपत्र बोर्डले छानविन प्रक्रिया अघि बढाएपछि त्यस्ता खालका लगानीकर्ता बजारबाट बाहिरिएका थिए । जसका कारण बजारमा कारोबार रकममा गिरावट आएको थियो । अहिले पनि कोरोनाको समयमा सरकारले पनि रकमको स्रोतको कुनै छानविन नगरेको र सहज रुपमा बजारमा त्यस्तो रकमको प्रवेश गराउन पाइने भएकाले पूँजी बजारमा बजार घट्दा होस वा बढ्दा ठूलो मात्रामा कारोबार हुँदै आएको छ ।

यसरी भित्रन्छ सेयर बजारमा कालोधन

अहिले सेयर बजारमा चेक र डिजिटल माध्यमबाट भुक्तानी हुँदै आएको छ । सेयर खरिदबिक्रीमा बैंकिङ प्रणालीमार्फत रकम भित्रने हुनाले स्रोत नखुलेको रकम बजारमा प्रवेश नहुने धितोपत्र बोर्डको ठहर छ । चेक र डिजिटल माध्यमबाट मात्रै भुक्तानी हुने हुँदा बजारमा स्रोत नखुलेको रकमले प्रश्रय नपाउने र त्यसले गर्दा आफूहरूले सेयर खरिदको स्रोतको विषयमा छानविन गर्न उपयुक्त नदेखिएको बोर्डले जानकारी दिएको छ ।

तर, रोचक के छ भने बैंकमा खाता खोल्दाको नो योर कस्टुमर (केवाईसी)को कम्प्लायन्सदेखि नै लुपहोल रहेको र जसका कारण बैंकिङ प्रणालीका स्रोत नखुलेको भित्रने र सोही रकम सेयर बजारमा प्रवेश भएर शुद्धीकरण भएर निस्कने गरेको छ । बैंकमा खाता खोल्दा अधिकांशले वार्षिक कारोबारको सीमा ५ देखि १० लाख उल्लेख गरेका हुन्छन् । तर, त्यस्ता खातामार्फत वार्षिक करोडौदेखि अर्बौँ रुपैयाँ कारोबार हुँदै आएको छ । यस विषयमा न त सम्बन्धित बैंकले चासो देखाएका छन् न त राष्ट्र बैंकले नै छानविन प्रक्रिया अघि बढाएको छ ।

सामान्यतया बैंकमा पैसा जम्मा गर्दा १ लाख रुपैयाँभन्दा माथिको रकम जम्मा गर्न लागेको खण्डमा सोकोे स्रोत खोजिन्छ । बैंकका कर्मचारीले बैंकसँग पुहँच नभएका व्यक्तिलाई मात्रै त्यसरी सोधेर स्रोत खुलाउने गरेको र पहुँच भएका व्यक्तिको कुनै स्रोत नै नखोजी जति पनि नगद खातामा जम्मा गरिदिने गरेका छन् । त्यसरी बैंकमा रकम जम्मा हुँदा स्रोतको कुनै खोजी नहुने र गलत मनासाय भएका व्यापारीहरुले सोही रकम सेयर बजारमा लगानी गर्दै आएका सम्बद्ध सरोकारवालाहरु नै बताउँछन् ।

‘उदाहरणका लागि सेयर बजारमा पनि एकैपटक १० लाखभन्दा बढीको कारोबार हुँदा सम्बन्धित निकायमा जानकारी गराउनु पर्छ,’ तर, ‘गलत मनशाय भएका व्यक्तिले सोभन्दा कम रकमो कारोबार देखाउन सुरुमा ४५ लाख रुपैयाँको सेयर खरिदको भुक्तानी गर्नुछ भने ५ ओटा खाताबाट भुक्तानी गर्ने र पछि त्यहि रकम आफ्नो आम्दानी देखाएर पुनः बजारमा प्रवेश गराउँदै आएका छन् ।’ विशेषगरी दोहोरो नागरिकता (नेपाल र भारत) धारीहरु उक्त कार्यमा बढी संलग्न भएको समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यस विषयमा कुरा गर्दा एक बैंकरले भने नेपालमा कालोधन र सेतो धन भन्ने नरहेको र देशनै कालोधनबाट चलिरहेका बताउँछन् । ‘अहिले हामी कालोधन र सेतो धन भनेर बहस गरिरहेका छौं तर नेपालमा कसले चाहिँ पूर्ण रुपमा कर तिरेको स्रोत खुलेको रकम चलाईरहेका छन् ?,’ ती बैंकरले भने, ‘नेपालमा गनिएका २०÷३० जना व्यवसायीको लगानीको स्रोत खोज्ने हो भने त्यसैबाट कालोधन र सेतोधन छुट्टिने छ ।’ अहिले सरकारको नीति नै कर्मचारी तथा साना व्यवसायीलाई चेप्ने र ठूलालाई प्रशय दिने खालको हुँदा देशनै कालोधनले चलेको उनको भनाई थियो ।

यसैगरी नेपाल बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भने यदि कसैले थ्रेसहोल्ड भन्दा बढी वा केवाईसीमा उल्लेख गरिएभन्दा बढी रकमको कारोबार गरेमा सिस्टमले क्याच गर्ने बताउँछन् । ‘अहिले धेरै बैकहरुले नयाँ सफ्टवेयर जडान गर्नुभएको छ जहाँसम्म लाग्छ त्यसले बैकिङ प्रणालीमा कति रकम भित्रिरहेको छ त्यसले जै अनुगमन गर्नेछ,’ उनले भने, ‘सानिमा बैंकले चाहिँ पछिल्लो समय नयाँ सफ्टवेयर जडान गरेर त्यस्ता कारोबारको ट्रयाक गर्दै आएको छ सम्भवत अन्य बैंकहरुले पनि लागू गर्नुभएको होला ।‘ तर, खाता खोल्दा केवाईसी भर्दा कारोबार रकमको एउटा सीमा र कारोबार ठूलो आकारमा हुँदा त्यस्तो विषयलाई भने अलि बढी ध्यान दिनुपर्ने उनको भनाई थियो । तररकम डिपोजिट गर्दा ग्राहकसँग उक्त रकमको स्रोत नखोजिएपनि ठूलो रकम जग्मा भएमा वा केवाईसीमा उल्लेख गरिएभन्दा बढी रकम कारोबार भएमा बैंक स्वयमले नै त्यसको छानविन गर्ने उनको भनाई थियो ।

बैंकिङ प्रणालीमार्फत स्रोत नखुलेको रकम भित्रनबाट रोक्नका लागि राष्ट्र बैंकले सस्पिसिएस ट्रान्जेक्सन रिपोर्ट (एसटीआर) र थ्रेसहोल्ड ट्रान्जेक्सन रिपोर्ट (टीटीआर) गरी दुईओटा माध्यबाट अनुसन्धान गरिरहेको राष्ट्र बैंककाल प्रवक्ता एवं बैंक तथा वित्तीय सस्था नियमन विभागका प्रमुुख देवकुमार ढकालले जानकारी दिए । ‘हामीले जुन प्रणालीबाट कारोबार गरिरहेका छौं, जहाँसम्म लाग्छ त्यसरी बैंकिङ प्रणालीमा स्रोत नुखलेको रकम भित्रिएपनि राष्ट्र बैंकको सिस्टम र हामीले गर्ने अनुगमनले त्यसलाई रोक्नेछ,’ उनले भने, ‘सम्बद्ध बैंकले पनि राष्ट्र बैंकलाई बैंक खाताबाट हुने वार्षिक कारोबारको बारेमा जानकारी गराउँछ र त्यस विषयमा राष्ट्र बैंकले छानविन गर्दै आएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL