Logo

मोदीले सम्मेलनमा दिए ‘बिग ब्रदर’को झल्को

मोदीले सम्मेलनमा दिए ‘बिग ब्रदर’को झल्को


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० मंसिर, काठमाडौं । सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरिरहँदा यस क्षेत्रको ‘बिग ब्रदर’को रूपमा भारतीय भुमिका प्रष्ट देखियो । सार्क राष्ट्रको विकासका लागि आवश्यक स्रोत र साधानमा भारतले देखाएको आर्थिक सहयोगको चासोले भारत सार्कको पुनः मुख्य भुमिकामा रहन चाहेको प्रष्ट पारेको छ ।

 

मोदीले आफ्नो सम्बोधनमा नेपाल, भुटान र श्रीलङ्कका सँग भारतको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको भन्दै भारततर्फ ध्यान आकृष्ट गर्ने प्रयास गरे । त्यस्तै, बङ्लादेशको प्रशंसा पनि उनले गर्न छुटाएनन् । बाँकी सार्क राष्ट्रसँग पनि भारत सहकार्य गर्न तयार रहेको भन्दै मोदीले भारतीय प्रभुत्वलाई पुनः एक पटक प्रमाणित गरेका छन् ।

पहिलोपटक सार्क सम्मेलनमा भाग लिएका मोदीले खासगरी सार्कस्तरिय कनेक्टिीभिटीको केन्द्रका रूपमा भारतलाई अघि सारेका छन् । त्यस्तै उनले सार्क सदस्य राष्ट्रका नागरिकलाई मेडिकल र ५ बर्षका लागि बिजनेस भिसा भारतले तत्काल उपलब्ध गराउन सक्ने भन्दै सबैको मन जित्ने प्रयास गरे ।

त्यस्तै व्यापार, लगानी, सहयोग, सहकार्य र कनेक्टिभीटी भारतको प्रमुख प्राथमिकता भन्दै उनले यी क्षेत्रमा भारत सधै सहयोग गर्न तयार रहेको समेत बताए । सार्क डेको अवसरमा सार्क स्याटेलाईट तथा सार्क राष्ट्रभित्र टेलिफोनको अन्तरआबद्धता शुल्क घटाण्न घटाउन भारतले प्रयास गर्ने भन्दै उनले पुनः भारततर्फ सबैको ध्यान केन्द्रित गर्न सफल भए ।

चीनलाई ल्याउने अफगानिस्तान र पाकिस्तानको प्रस्तावमा असहमती जनाउँदै मोदीले आगामी दिनमा पनि भारत सार्कको ‘बिग ब्रदर’कै रूपमा रहन चाहेको सन्देश दिएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL