Logo

व्यायामले कोरोनाविरुद्धको खोपको प्रभावकारिता वृद्धि गर्ने, ५० प्रतिशतसम्म प्रभावकारिता वृद्धि हुने अध्ययनको निष्कर्ष

व्यायामले कोरोनाविरुद्धको खोपको प्रभावकारिता वृद्धि गर्ने, ५० प्रतिशतसम्म प्रभावकारिता वृद्धि हुने अध्ययनको निष्कर्ष



काठमाडौं । विश्वमा कोरोना महामारीका विरुद्धको खोप आएसँगै महामारीको अन्त्य हुने आश गरिएको छ । विश्वमा अहिले धेरै देशले कोरोनापवरुद्धको खोप विकास गरिरहेका छन् र विश्वका सम्पन्न र शक्ति राष्ट्रहरुले व्यापक रुपमा खोप अभियान सञ्चालन गरिरहेका छन् । पछिल्लो समय भारत, नेपालजस्ता देशहरुमा कोरोनाका संक्रमितहरु र मृतकहरु बढिरहेका छन् ।

laxmi

भारत र नेपालले पनि केही मात्रामा भएपनि खोप अभियान सञ्चादन गरिरहेको अवस्था छ । तर, अहिले पनि खोपको प्रभावकारिताबारे भने विश्वभर नै विभिन विवाद, चर्चा र शंसयको अवस्था छ । खोपको प्रभावकारिताबारे पनि विभिन्न अध्ययनहरु भइरहेका छन् ।

विज्ञहरुका अनुसार कोरोना महामारी अन्त्यका लागि हामीले अन्य फ्लुलगायत रोगहरुजस्तै व्यवस्थापनसहित केही बर्ष कुर्नुपर्ने हुन्छ । विज्ञहरुले विभिन्न रोगहरुको नियन्त्रणका लागि शारिरिक व्यायामलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउँदै आएका छन् । यससँगै धुम्रपान र मध्यपान त्याग्नुका साथै सन्तुलित आहारलाई पनि रोग निदानको एक महत्वपूर्ण खुड्किलो मानिन्छ । सन २००८ मा गरिएको एक अध्ययनअनुसार शारिरिक सक्रियता कम भएकै कारण बार्षिक ५० लाख बढीको निधन हुने गर्दछ ।

यस्तै हाल गरिएको अध्ययनमा भने शारिरिक तन्दुरुस्तीसँग रोग प्रतिरोधी क्षमता पनि उत्तिकै मात्रामा जोडिएको छ । जसका कारण चाँडो रोग लाग्ने र अन्य संक्रमित बिरामीको संख्यामा ३ गुणाले घटाउने आउने देखिन्छ । यस्तै रोग प्रतिरोधी क्षमता मात्रै नबढाई शारिरिक व्यायामले कोरोनाविरुद्धको खोपको प्रभाव पार्ने क्षमतामासमेत वृद्धि गर्ने तथ्य सार्वजनिक भएको छ ।

अनुसन्धानमा शारीरिक व्यायामले पार्ने असर र स्वस्थ शरिरका लागि व्यायामले पुर्याउने सहयोगको बारेमा अध्ययन गरिएको थियो । यस्तै शारिरिक व्यायाम गर्ने कोरोना संक्रमितहरु र व्यायाम नगर्ने संक्रमितहरुलाई पनि अध्ययनमा समेटिएको थियो । जसमा निमोनियाका कारण हुने मृत्यु, अन्य रोगहरुका कारण हुने मृत्यु र कोरोनाको प्रकोपका कारण हुने मृत्युलाई समेटिएको थियो ।

उक्त अध्ययनमा हप्तामा ५ दिन दैनिक ३० मिनेट मात्रै व्यायाम गरेमा संक्रामक रोग लाग्ने प्रक्रियामा ३७ प्रतिशतले घट्छ । यस्तै कोरोनाका कारण मृत्यु हुने संख्यालाई निश्चित उमेर र अवस्थाले पनि प्रभाव पार्ने देखिन्छ । यस्तै नियमित शारिरिक व्यायामले मानव शरिरमा सीडी४ प्लस टि सेल्स उत्पादन गर्छ । जसले प्रतिरोधी क्षमतालाई झन सक्रिय र सचेत बनाउन मद्दत गर्छ ।–विफोरमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL