Logo

सार्क सम्मेलन शुरु, चीनसँग सहकार्य गर्न सरिफको माग

सार्क सम्मेलन शुरु, चीनसँग सहकार्य गर्न सरिफको माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१० मंसिर, काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को १८ औं शिखर शुरु भएको छ । भर्खरै मात्र राष्ट्रिय सभागृहमा उदघाटन कार्यक्र शुरु भएको हो ।

राष्ट्रिय सभागृहमा शुरु भएको शिखर सम्मेलनमा ८ देशका शीर्षनेताहरुले सम्बोधन गरिरहेका छन् । सम्मेलनमा चीन र अमेरिका, युरोपियन युनियनलगायत विभिन्न देशका पर्यवेक्षकहरु समेत सहभागी छन् ।

हाल सम्मेलनको उत्घाटन सत्रमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सम्बोधन गरिसके भने श्रीलंकाली राष्ट्रपति महिन्द्रा राजापाक्षेले सम्बोधन गरिरहेका छन् ।

18-saarc-summit

कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री सरिफले चीनलाई पनि सार्कको सदस्य बनाउनुपर्ने धारण व्यक्त गरेका छन् । दक्षिण एशियाको विकास र सम्बृद्धिका लागि चीनको महत्वपूर्ण भूमिका रहने उनले बताए । चीन अहिले सार्क पर्यवेक्षकको रुपमा रहेको छ ।

सरिफले आगामी दिनमा दक्षिण यसियाली देशहरु एकआपसमा लडेर होइन जुटेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । आगामी दिनमा सार्कलाई आर्थिक विकासको करिडोरको रुपमा विकास गर्नुपर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL