Logo

कोरोनाको दोस्रो लहर : आर्थिक पुनरुत्थानको प्रश्न र पुनरुत्थानका प्रमुख उपाय

कोरोनाको दोस्रो लहर : आर्थिक पुनरुत्थानको प्रश्न र पुनरुत्थानका प्रमुख उपाय



काठमाडौं । विश्वभर कोरोना महामारीको दोस्रो लहर झन भयंकर रुपले फैलिइरहको छ । विश्वभर यसविरुद्ध खोपसँगै सतर्कताबीच पनि यसको महामारीले झन् नयाँ रुप लिएपछि विश्व अर्थव्यवस्थालाई हेरेर अर्थविदहरु चिन्तित बनेका छन् । युरोपलगायत देशहरुमा त झन् महामारीको तेस्रो लहर चलिसकेको छ ।
जसका कारण विश्वले कहरकै बीच खुम्चिएको अर्थतन्त्रलाई सँगै लिएर अघि बढ्नुपर्ने चुनौती छ । महामारीले विश्व अर्थव्यवस्थामा ठूलो खुम्चावट ल्याउनुका साथै माग र पूर्तिको चक्र नै ध्वंस पारिदिएको छ ।

laxmi

तर, समाजसँग परस्पर रहेको कतिपय उद्योगधन्दाहरु भने राम्रै तरिकाले अघि बढेको देख्न सकिन्छ । जसका कारण अन्य उद्योगहरु ओरालो लागेपनि केही निश्चित सेक्टरको उद्योग व्यवसायहरु उकालो लाग्ने देखिन्छ ।

पछिल्ला केहि प्रमाणहरुले अबका उद्योग व्यवसायमा प्रविधिलाई आत्मसात गरेर अघि बढ्नुपर्ने देखिएको छ । जसका कारण कुनैपनि संकटकै बीच पनि विभिन्न नयाँ आविस्कारहरुलाई निरन्तरता दिन सकिने छ । तर संकटकै बीच कामलाई अघि बढाउँदा कार्यालय समय र कामको समयतालिका नै परिवर्तन गर्नुपर्ने चुनौती भने थपिएको देखिन्छ । यसबीच पनि केही अर्थविद्हरुले भने सन २०२४ सम्ममा निश्चित ८ सेक्टरका उद्योग व्यवसायहरु उकालो लाग्ने अनुमान गरेका छन् भने बार्षिक श्रम उत्पादकत्वमा १ प्रतिशतले बढ्ने देखिन्छ ।

उक्त अवधिसम्म स्पेनको कुल ग्रार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आम्दानीसमेत १ हजार ५ सय डलर थप हुने देखिन्छ । यस्तै अमेरिकाको प्रतिव्यक्ति आम्दानीसमेत ३ हजार ५ सय डलर पुग्ने अनुमान गरिएको छ । जसको प्रमुख कारणमा २ ओटा अवस्थालाई लिइएको छ । जुन पहिलो अवस्थाको रुपमा उत्पादकत्व बढाउने क्रियाकलापलाई तीव्र रुपमा वृद्धि गर्नु र दोस्रोमा मागको वृद्धि गर्नु ।

जब कोरोना महामारीका कारण अर्थतन्त्र धराशायी भए केही सेक्टरल उद्योगहरुले भने अकल्पनीय आम्दानी गरे । जसमा स्वास्थ्य क्षेत्र, निर्माण क्षेत्र, सूचना तथा संचार क्षेत्र र खुद्रा व्यापार क्षेत्रहरु यसका उदाहरणहरु हन् । यी उद्योगकहरुको यस अवधिमा श्रम उत्पादकत्वमा मात्रै २ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

यी क्षेत्रहरुले महामारीको पहिलो लहरपश्चान प्रविधिको उच्च प्रयोग गर्दै रोवोटिक्स, नयाँ डिजिटाईजेसनलगायतलाई पुर्ण रुपमा प्रयोग गरेका छन् । यस अवधिमा भएको श्रम उत्पादकत्व वृद्धिका कारण खास रोजगारीहरुको गिरावट पनि सोहीअनुसार भएको देखिन्छ । सन् २०२० को अक्टोबरमा गरिएको एक अध्ययनअनुसार विभिन्न कम्पनीहरुले नयाँ प्रविधिको प्रयोग गरेपछि उनिहरुको उत्पादकत्वमा पहिलेको तुलनामा २० देखि २५ गुणा बढेको छ ।

अध्ययनले युरोप र अमेरिकाका प्राय कम्पनीहरुले उक्त अवधिमा नयाँ प्रविधिमा आफ्नो लगानी ५१ प्रतिशतले बढाएको समेत उल्लेख छ । जसमा उत्पादकत्व बढाउने उद्योगमध्येकै सबैभन्दा ठुलो उद्योगको रुपमा स्वास्थ्य क्षेत्रलाई लिइएको छ । कोरोना महामारीपश्चात गरिएको टेलीमेडिसिन प्रविधिले यो क्षेत्रलाई सबैभन्दा बढि उत्पादकत्व भएको उद्योग बनाएको हो । महामारीपश्चात विश्वभर २० प्रतिशत बढि उपचारहरु भर्चुअल विधिबाट भएका छन् ।

यस्तै यस अवधिमा खुद्रा व्यापारको रुपमा ईकमर्शले पनि छलाङ मारेको देखिन्छ । महामारीपश्चात विश्वभर ईकमर्सबाट हुने व्यापारमा पनि एक तिहाई बढिको वृद्धि भएको देखिन्छ । अमेरिकास्थित म्याककिन्से ग्लोबल ईन्स्टिच्युटले गरेको अध्ययन अनुसार हाल ईकमर्सबाट हुने व्यापार कोरोना महामारी अघिको तुलनामा ३३ प्रतिशतको वृद्धि भएको हो ।

अर्थव्यवस्थालाई माथि उकास्नका लागि पहिलो अवधारणाअनुसार विश्वभर आपुर्ति श्रृँखलालाई विस्तार गर्नुपर्ने देखिन्छ । जसले विश्व अर्थव्यवस्थामा उत्पादकत्वमा ठूलो सकारात्मक असर पार्ने देखिन्छ । सन २०२० को तेस्रो त्रैमासमा विश्वका केही आपूर्तिकर्ताहरुलाई पहिलो प्राथमिकतामा राखिएको थियो । जसलाई थप लगानी गर्न पनि प्रोत्साहन पुग्ने गरी विभिन्न निकायबाट सहयोग पनि भएको थियो ।

यदि अग्रिम रुपमा उत्पादकत्व वृद्धिका लागि अगाडी नै तिव्र तयारी नगरे श्रम उत्पादकत्वसँगै अर्थतन्त्रमा ठुलो गिरावट आउने सन २००८ को आर्थिक मन्दीले देखाइसकेको छ ।

यस्तै अर्थव्यवस्था उकास्न गरिने अर्को अवधारणाअनुसार बजारमा मागको विस्तार गर्न सकिने गरी बजारको अवधारणा बनाउनुपर्ने छ । अर्थतन्त्रको बाउन्सब्याकपश्चात विश्व बजारमा वस्तुको मागको अपेक्षाकृत वृद्धि हुनुपर्नेमा विज्ञहरुले विशेष जोड दिएका छन् ।

अमेरिकालगायतका ठुला देशहरुले विश्वबजारमा वस्तुको माग र आपुर्तिको श्रृँखला जोगाउन मात्रै विभिन्न प्याकेजहरुको घोषणासँगै कार्यान्वयनसमेत गरेका छन् । जसअनुसार अमेरिकाले मात्रै सन २०२० मा १ दशमलव ९ ट्रिलियन डलरको प्याकेज घोषणा गरेको थियो । जसका कारण यता उत्पादकत्व, माग र आपुर्तिको श्रृँखलालाई अमेरिकाले राम्रो सन्तुलन गरिरहेको अर्थविद्हरु बताउँदै आएका छन् ।–विफोरमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL