Logo

अनलाइन बैंकिङको प्रयोग : कसरी गर्ने बैंकमा रहेको रकमको सुरक्षा र कारोबार ? यस्ता छन् १२ उपाय

अनलाइन बैंकिङको प्रयोग : कसरी गर्ने बैंकमा रहेको रकमको सुरक्षा र कारोबार ? यस्ता छन् १२ उपाय



काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन बैंकिङको उपयोग निकै बढेको छ । अनलाइन बैकिङमार्फत हाल मासिक खर्बौ रुपैयाँको कारोबार भइरहेको छ । हाल भुक्तानीको सहज, छरितो र भरपर्दो माध्यमको रुपमा अनलाइन बैंकिङलाई सबैले अपनाएका छन् ।

laxmi

नेपालमा बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै मोबाईल भुक्तानी, क्युआर पेमेन्ट, इन्टरनेट बैंकिङलगायतलाई प्रर्वद्धन गरिरहेकाले पनि यसको डिजिटल भुक्तानी निकै बढेको छ । तर, यसमा गलत नजर राख्नेहरुले फिसिङ, भिसिङ, स्किमिङलगायतका प्रक्रियामार्फत अनलाइन बैंकिङमा रहेको पैसा चोर्ने गरेका छन् ।

यस्ता बैंकिङ फ्रडहरुको शिकार हुन हामी आफैले विभिन्न गल्तीहरु गर्ने गरेका छौं । जसबाट बचेर सुरक्षित अनलाइन बैकिङ कारोबारका लागि यी १२ उपाय अपनाउन सकिन्छ ।

१. कुनै पनि वस्तु तथा सेवाको अनलाईन भुक्तानी गर्नुपर्दा पब्लिक वाईफाईको प्रयोग नगर्ने । जसलाई असुरक्षित पनि मानिन्छ । चोरहरुले यही बाटोलाई प्रयोग गरी तपाईको बोलाईलमा भाईरस राखेर सम्पुर्ण डाटा चोर्दै मोबाईल बैंकिङमा भएको पैसा चोरी हुने सम्भावना रहन्छ ।

२. सार्वजनिक चार्जिङ स्टेशनमा मोबाईल चाज कहिल्यै नगर्ने ।

३. गुगलमा कहिल्यै पनि बैंकको कस्टमर केयर र महत्वपूर्ण नम्बरबारे सर्च नगर्ने ।

४. गुगल प्ले स्टोर र एप स्टोरबाहेन अन्य अनौपचारिक स्रोतबाट कुनैपनि एपहरु डाउनलोड नगर्ने ।

५. एन्ड्रोईडको सुरक्षा अपडेट गरिराख्ने, जहिले पनि अपडेट गर्न नबिर्सने ।

६. आफुलाई थाहा भएको वा आवश्यकबाहेक अन्य भुक्तानी सम्बन्धी मेल, एसएमएसलगायतमा अनावश्यक क्लिक नगर्ने ।

७. फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा आफ्नो बैंकिङ डिटेल र केवाईसीलगायत सूचनाहरु सेयर नगर्ने ।

८. अनलाइन बैंकिङका लागि सजिलो, सरल पासवर्डको प्रयोग नगर्ने ।

९. आफ्नो अनलाईन बैंकिङको पासवर्ड बेलाबेलामा परिवर्तन गर्न नबिर्सने ।

१०. आफुले प्रायः प्रयोग नगर्ने ईमेल आईडी र फोन नम्बर अनलाईन बैंकिङका लागि प्रयोग नगर्ने ।

११. आफ्नो फोनमा पनि आफ्नो बैंकिङ डिटेल सेयर नगर्ने । अर्थात आफ्नो भुक्तानी सम्बन्धी सम्पुर्ण सूचना कसैलाई नभन्ने ।

१२. स्मार्टफोनका एपहरुमा अनावश्यक अनुमति नदिने ।

प्रतिक्रिया दिनुहोस्
MBL