Logo

भूकम्पको राहत वितरणमा सवै सरकारी निकायको अनियमितता, बढी घोटाला पालमा

भूकम्पको राहत वितरणमा सवै सरकारी निकायको अनियमितता, बढी घोटाला पालमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भूकम्पको राहत वितरणमा संलग्न सवै सरकारी निकायले अनियमिमता गरको अख्तियार अनुशन्धान आयोगले बताएको छ । आइतवर अख्तियारमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

राहत वितरण संलग्न वाणिज्य तथा आपूर्ती मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगयतले अनियमितता गरेको देखिएको अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले जानकारी दिए । प्रधानमन्त्री राहतकोषमा १६ अर्व जम्मा भएकोमा १४ अर्वमात्र वितरण भएको उनले जानकारी दिए ।

त्यस्तै अधिकांशले नक्कली विल वितरण गरेको बताइएको छ ।

विशेषगरी दिल्ली दुतावासमा खरीद पालमा अनियमितता भएको उनले जानकारी दिए । ‘नेपालमा ४ रुपैयाँ पर्ने मा ४ रुपैयाँ ३५ पैसा खरीद गरिएको छ’ उनले भने । आयोगले जिविस कार्यलय काठमाडौं महानगरपालिका , गोरखा नगरपालिका, सडक डिभिजन कार्यलय ओखलढुंगालगायतमा अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL