Logo

सिएसआरसीले वितरण गर्यो ४ हजार घरपरिवारलाई जस्ता, प्रतिपरिवार रु १५ हजार दिईँदै

सिएसआरसीले वितरण गर्यो ४ हजार घरपरिवारलाई जस्ता, प्रतिपरिवार रु १५ हजार दिईँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामुदायिक आत्मनिर्भर केन्द्र (सिएसआरसी) ले नुवाकोट र सिन्धुपाल्चोकको ३ हजार ४ घरपरिवारलाई अस्थाइ बसोवास  निर्माणका लागि जस्ता वितरण गरेको छ । सिएसआरसीले हेल्पएज ईन्टरनेशनल नेपालको सहयोगमा विनाशकारी भूकम्पका कारण आवास गुमाएका ती दुइ जिल्लाका ज्येष्ठ नागरिक परिवारलाई अस्थाइ आवास निर्माणका लागि जस्तापाता तथा आवास निर्माण सम्बन्धी औजार वितरण गरेको हो ।

jastapata

 

केन्द्रले सिन्धुपाल्चोकको १ हजार ४ सय ६८ र नुवाकोटको १ हजार ५ सय ३६ ज्येष्ठ नागरिक घरपरिवारलाई प्रति परिवार डेढ बण्डल जस्तापाता वितरण गरेको छ । साथै, घर बनाउनका लागि आवश्यक औजारहरु करौंती, हथौडा र ढोकाको लागि चुकुल एकएक थान, आवश्यक किलाकाटा समेत प्रदान गरेको छ ।

जसअनुसार नुवाकोट जिल्लाको गोस्र्याङ गाविसको कुल ४ सय ९८ र रातमाटे गाविसको १ हजार ३८ बृद्धबृद्धा घरपरिवारले अस्थाइ सहायता सामाग्री प्राप्त गरे । यसैगरी, सिन्धुपाल्चोकको हेलम्बु, महाँकाल, इचोक, किउल र तालामाराङ गाविसका बृद्धबृद्धा सो सामग्री प्राप्त गरेका थिए ।

केन्द्रले पहिलो चरणको जस्तापाता र आवास निर्माण सामाग्री वितरण गरेको थियो भने दोश्रो चरणअन्तर्गत आवास निर्माण गर्नका लागि आवश्यक कामका लागि रकमस्वरुप प्रति घरपरिवार रु १५ हजार, दुईवटा कम्बल र एउटा सौर्य बत्ति प्रदान गर्ने कार्यपनि सँगसँगै संचालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL