Logo

काठमाडौंका विद्यालयमा कसैलाई कोरोना देखिए एकसाता बन्द हुने, काठमाडौं महानगरपालिकाले गर्यो यस्तो आग्रह

काठमाडौंका विद्यालयमा कसैलाई कोरोना देखिए एकसाता बन्द हुने, काठमाडौं महानगरपालिकाले गर्यो यस्तो आग्रह



विद्यालयमा कसैलाई कोरोना संक्रमण देखिएका एकसता बन्द गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । महानगरपालिकाले शुक्रबार महानगरका विद्यालयहरुलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो।

laxmi

कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना सक्रमण पाइएमा त्यो विद्यालय कम्तिमा १ साता बन्द गर्न आग्रह गरिएको छ । त्यसअवधिका अनलाइन त्यस अवधिमा बैकल्पिक माध्यमबाट शिक्षण पढाइ सञ्चालन गर्न भनिएको छ। विद्यालयमा संक्रमणबाट बच्नका लागि पालना गर्नुपर्ने मापदण्डहरु अनिवार्य पालना गर्न आग्रह गरिएको छ।

कोरोना भाइरस संक्रमण नभएको अवस्थामा विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएको मापदण्डहरुको कडाइका साथ पालना गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘कोरोना भाइरस संक्रमण नभएको अवस्थामा विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएको मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरुको समेतको सहमतिमा विद्यालय संचालनगर्नु गराउनु हुन अनुरोध गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL