Logo

पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरि घट्यो, मूल्य समायोजनको अधिकार निगम व्यवस्थापनलाई प्रत्यायोजन

पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरि घट्यो, मूल्य समायोजनको अधिकार निगम व्यवस्थापनलाई प्रत्यायोजन


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता
८ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको सोमवार साझा वसेको वैठकले मंगलवार बिहानदेखि लागु हुने गरी ती पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।

निगमले पेट्रोलको भाउ प्रतिलटरमा २ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २÷२ रुपैयाँले घटाएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । यससँगै अब बजारमा पेट्रोल प्रतिलिटर १ सय २५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर ९९ सय रुपैयाँ ५० पैसामा उपलब्ध हुने छ । निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गरेपछि दुई महिनाकोबीचमा चौथो पटक मूल्य घटाएको हो ।

Bizkhabar - noc वैठकले स्वचालित मूल्य कार्यन्वयनका लागि मूल्य समायोजनको अधिकार निगम व्यवस्थापनलाई प्रत्यायोजन गरेको छ । यसअघि समितिको वैठक वस्न नसक्दा झण्डै दुई सातासम्म मूल्य समायोजन हुन सकेको थिएन । वाणिज्य तथा आपूर्तीमन्त्री सुनिल बहादुर थापाको निर्देशनमा सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । यससँगै अब आईओसीले पठाएको मूल्य सूचिलाई आधार मानेर निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको भाउ फेरबदल गर्न सक्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL