Logo

चालू आवमा नेपालको आर्थिक वृद्धिदर २.९% हुने आइएमएफको प्रक्षेपण, विश्व अर्थतन्त्र ६% ले बढने अनुमान

चालू आवमा नेपालको आर्थिक वृद्धिदर २.९% हुने आइएमएफको प्रक्षेपण, विश्व अर्थतन्त्र ६% ले बढने अनुमान



आर्थिक वर्ष २०७८/०७९ र २०७९/८० मा ४.२ र ५.२ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ । आइएमएफले विश्व आर्थिक परिदृश्य (वर्ल्ड इकोनोमिक आउटलुक, २०२१) सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

छिमेकी भारतको अर्थतन्त्र सन २०२१ मा १२.५ प्रतिशत र चीनको अर्थतन्त्र ८.४ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।

आईएमएफले विश्व अर्थतन्त्र सन २०२१ मा ६ प्रतिशत र २०२२ मा ४ .४ प्रतिशतले बढ्ने अनुमान गरेको छ । कोभिड–१९ महामारीले सन २०२० मा विश्व अर्थतन्त्र ३.३ प्रतिशतले संकुचन भएको आइएमएफको संशोधित अनुमान छ ।

नेपालको आर्थिक वृद्धिरबारे दुई अन्तर्राष्ट्रिय संस्थाले फरक–फरक प्रक्षेपण गरेका छन् । जबकी केही दिनअघि मात्र विश्व बैंकले २.७ प्रतिशतको आर्थिक बृद्धिदरको प्रक्षेपण सहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

यता विश्व बैंकले सन २०२१/०२२ मा ३.९ र ०२२/०२३ मा ५.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL