Logo

मनकामना केबुलकार नयाँ प्रविधिमा स्तरोन्नति हुँदैं, सेवा सुचारु गर्दै दुई वर्षमा काम सक्ने लक्ष्य

मनकामना केबुलकार नयाँ प्रविधिमा स्तरोन्नति हुँदैं, सेवा सुचारु गर्दै दुई वर्षमा काम सक्ने लक्ष्य



काठमाडौं । मनकामना केबुलकार नयाँ प्रविधिमा स्तरोन्नति हुने भएको छ । केबुलकारको संचालन गर्दै आएको मनकमना दर्शन प्रालिका अनुसार हाल एनालग प्रविधिलाई डिजिटल प्रविधिमा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

कम्पनीले स्तरोन्नतिको कामलाई तीन चरणमा बिभाजन गरेर काम गरिरहेको छ । जसअन्तरगत प्रथम चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पाटपूर्जाहरु फेर्ने काम रहेको छ भने दोश्रो चरणमा नयाँ प्रविधि मैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पाटपूर्र्जाहरु फेर्ने रहेको छ ।

यस्तै अन्तिम चरणअन्तरगत हाल एनालग प्रविधिलाई डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने, केवल लठ्ठा (मेन केवल) फेरबदल गर्ने, कम्युनिकेट केबलललाई सेट्रा केबलमा रुपान्तरण गर्ने, डिसि ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी हाल बिद्यमान प्रविधियुक्त बनाउने काम भइरहेको कम्पनीले जानकारी दिएको छ ।

केबुलकार सेवाको २३ वर्षको यात्रामा सबैको सहयोग, सद्भाव र माया पाएकोले यहाँसम्म सफलताका साथ केवलकार सेवा संचालन गर्न सक्षम भएको कम्पनीले उल्लेख गरेको छ । ‘हाल लामो समयसम्मको संचालनमा मर्मत, सम्भार खर्च बढ्न गएको र नयाँं प्रविधि विकास भएकाले सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने जानकारी गराउँदछौं’, कम्पनीले बताएको छ ।

कम्पनीले तीन चरणमा कार्य गर्न जम्मा करीब २ वर्षको अवधि निर्धारण गरेको छ । ‘पच्चीसौं वार्षिकोसबमा नयां प्रविधिबाट संचालन हुने जानकारी गराउँछौं । उपरोक्त कार्य गर्दा नियमित मर्मत, सम्भार अलावा उपरोक्त कार्यको लागि पटक–पटक सेवा अवरूद्ध हुन जाने समस्त यात्रुजन तथा भक्तजनहरुलाई जानकारी गराउँदछौं । सो अवधिभर अवरुद्ध हुने समय अलावा केवलकार सेवा यथावत संचालन हुने जानकारी समेत गराउँदछौं’, कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL