Logo

नेपालमा फोरजी प्रयोगकर्ता १ महिनामै ४ लाखले बढे, सेवाग्राहीको संख्या ७० लाख नाघ्यो

नेपालमा फोरजी प्रयोगकर्ता १ महिनामै ४ लाखले बढे, सेवाग्राहीको संख्या ७० लाख नाघ्यो



काठमाडौं । नेपालमा पछिल्लो समय चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) प्रयोगकर्ताको संख्या तीब्र रुपमा बढेको छ । पछिल्लो तथ्यांकअनुसार फोरजी प्रयोगकर्ताको संख्यामा एक महिनामै ४ लाख वृद्धि भएको हो ।

laxmi

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस महिनामा ६६ लाख ८९ हजार रहेको फोरजी ग्राहकको संख्या माघ महिनामा मात्रै ४ लाख बढीले बढेको हो ।

गत पुस महिनामा नेपालभर फोरजी ग्राहकको संख्या ६६ लाख ८९ हजार १ सय ३ रहेकोमा माघ महिनामा बढेर ७० लाख ९२ हजार ८ सय ५ पुगेको हो । यससँगै नेपालमा चालु बर्षको माघ महिनासम्म नेपालमा फोरजी सेवा प्रयोग गर्नेको संख्या ७० लाख ९२ हजार पुगेको छ ।

यस अवधिमा नेपाल टेलिकमले मात्रै आफ्नो फोरजी ग्राहक १ लाख ६१ हजार जनाले बढाएको छ । गत पुसमा २३ लाख ८३ हजार २ सय ५६ रहको नेपाल टेलिकमको फोरजी ग्राहकको संख्या माघमा २५ लाख ४४ लाख ७ सय २४ पुगेको हो ।

यस्तै यस अवधिमा एनसेलले पनि आफ्नो फोरजी ग्राहकको संख्या २ लाख ३९ हजार ७ सय ८९ जना बढेको छ । पुसमा एनसेलका फोरजी ग्राहक ४० लाख ८६ हजार जना थिए । तर माघमा उक्त संख्या बढेर ४३ लाख २५ हजार पुगेको हो ।

यस्तै यस अवधिमा स्मार्ट टेलिकमले पनि आफ्ना फोरजी ग्राहकको संख्या ३ हजारले बढाएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL