Logo

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण, सन् २०२३ मा अर्थतन्त्र पुनर्उत्थान

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण, सन् २०२३ मा अर्थतन्त्र पुनर्उत्थान



काठमाडौं । सन् २०२१ मा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिका कारण जीडीपीमा सुधारको प्रक्षेपण गरेको छ ।

laxmi

बंैकले दक्षिण एशियामा सन् २०२१–२२ मा १० प्रतिशत आर्थिक वृद्धिको आँकलन गरेको छ । । बैंकले बुधबार जारी गरेको पछिल्लो प्रतिवेदनमा सन् २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्र पुनर्उत्थान हुने प्रक्षेपण छ ।

विश्व बैंकका अनुसार दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकले जीडीपीको आकार वृद्धि हुने दक्षिण एसियाली राष्ट्रहरुमा नेपालसहित बंगलादेश र पाकिस्तानलाई पनि राखेको छ ।

कोभिड–१९ विरुद्धको भ्याक्सिनका अभियानको कारणले दक्षिण एसियामा भएको आर्थिक वृद्धिदर ऐतिहासिक हुने बैंकको अनुमान छ । साथै दक्षिण एसिया मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा राखेकाले पनि आर्थिक वृद्धिदर बढ्नुमा सहयोग पुगेको विश्व बैंकको तर्क छ ।

विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष हार्टवीग सेफरले बताएका छन्, ‘दक्षिण एसियाको अर्थतन्त्र पुनर्उत्थान हुनेमा आशाबादी छौं तर, महामारी अहिलेसम्म नियन्त्रमा आइनसकेको कारणले अझैपनि शंका गर्ने ठाउँ भने बाँकी छ ।’

यो अहिलेसम्मको बढी आर्थिक वृद्धि हो । यस्तै सन् २०२१ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ७।२ र २०२२ मा ४.४ प्रतिशतको वृद्धि हुने देखिएको छ । बंगलादेशको आर्थिक ग्रोथ ३.६ प्रतिशतले बढने विश्व बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL