Logo

विवादमा आएको एस्ट्राजेनेका खोपको बारेमा नयाँ परीक्षणपछि आयो निष्कर्ष, शतप्रतिशत प्रभावकारी रहेको ठहर

विवादमा आएको एस्ट्राजेनेका खोपको बारेमा नयाँ परीक्षणपछि आयो निष्कर्ष, शतप्रतिशत प्रभावकारी रहेको ठहर



काठमाडौं । कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप संक्रमण हुन नदिनमा शतप्रतिशत प्रभावकारी भएको नयाँ परीक्षणले देखाएको छ । अमेरिकासहित ३ वटा देशका ३२ हजार स्वयंसेवीबीच गरिएको परीक्षणपछि एस्ट्राजेनेका खोप कोरोना भाइरस संक्रमण रोक्नमा शतप्रतिशत प्रभावकारी भएको पुष्टि भएको हो । त्यस्तै नयाँ परीक्षणले यो खोप लगाउन सुरक्षित रहेको र कोरोनाबाट संक्रमित भएका व्यक्तिमा ७९ प्रतिशत प्रभावकारी रहेको समेत देखाएको छ ।

laxmi

युरोपमा एस्ट्राजेनेका खोपप्रतिको विश्वास घटिरहेका बेला नयाँ परीक्षण गरिएको हो । एस्ट्राजेनेका खोप लगाएपछि रगत जन्छ वा जम्दैन भन्ने बहस चलिरहेका बेला अमेरिका, चिली र पेरुका स्वयंसेवकमाझ नयाँ परिक्षण गरिएको थियो । परीक्षणका क्रममा ती स्वयंसेवीलाई चार हप्ताको अन्तरालमा खोपको दुई डोज दिइएको थियो ।

परीक्षणमा सहभागीमध्ये २० प्रतिशत ६५ वर्षमाथिका व्यक्ति अर्थात् भाइरस संक्रमणको उच्च जोखिममा रहेका व्यक्ति थिए । उक्त उमेर समूहका व्यक्तिलाई कोरोना संक्रमणबाट सुरक्षित राख्न खोप ८० प्रतिशत प्रभावकारी रहेको परीक्षणले देखाएको थियो ।

नयाँ परीक्षणले प्रयोग गर्न सुरक्षित रहेको, कोरोना भाइरस रोकथामा शतप्रतिशत प्रभावकारी रहेको र संक्रमणविरुद्ध ७८ प्रतिशत प्रभावकारी रहेको प्रमाणित गरेपछि एस्ट्राजेनेका खोपप्रतिको आशंका कम हुने अपेक्षा गरिएको छ ।

परीक्षणपछिको नतिजापछि विश्वका मुलुकहरु यो खोप सुरक्षित र प्रभावकारी भएको भनेर आश्वस्त हुने समेत आशा गरिएको छ । किनभने गत हप्तामात्रै युरोपका १३ मुलुकले औषधी उत्पादन गर्ने कम्पनी एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले विकास गरेको यो खोप प्रयोग नगर्ने बताएका थिए ।

तर एसियामा भने खोपप्रति आकर्षण बढिरहेको देखिन्छ । धेरैजसो एसियाली मुलुकहरू कोरोना भाइरस रोकथामका लागि एस्ट्राजेनेकामाथि बढी भर परिरहेका छन् । हाल अष्ट्रेलिया, दक्षिण कोरिया, फिलिपिन्स, भियतनाम, थाइल्याण्ड र भारत लगायतका देशमा यो खोप प्रयोग भइरहेको छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL