Logo

कोरोनायता दुईपांग्रे सवारीको विक्री बढ्यो, विश्वभर इलेक्ट्रिक साईकलको विक्री १४५ प्रतिशतले वृद्धि

कोरोनायता दुईपांग्रे सवारीको विक्री बढ्यो, विश्वभर इलेक्ट्रिक साईकलको विक्री १४५ प्रतिशतले वृद्धि



काठमाडौं । कोरोनायता विश्वभर दुईपांग्रे सवारीको विक्री बढेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना भाइरसको महामारीको समयमा नै बाइसाईकलको व्यापार ६५ प्रतिशतले बढ्यो । न्युयोर्क टाइम्सको एक प्रतिवेदनका अनुसार सामाजिक दुरी कायम गर्नुपर्ने र एक सवारीमा १ जनाभन्दान बढी हिँड्न नहुनेलगायतका नियमले साईकलको व्यापारमा २०१९ को तुलनामा २०२० मा वृद्धि भएको हो ।

laxmi

त्यसमा पनि सडकमा सकेसम्म कम कारहरु गुडेपछि साईकल चालकहरुले आफुलाई सुरक्षित महसुस पनि गरे । यस्तै आफ्नो स्वास्थ्यको ख्याल राखेरै पनि प्रायले साईकल खरिद गरेको देखिन्छ । साइकलमा स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पालना गर्दै घरबाहिर निस्कन पाउने भएकाले नै विक्री वढेको बताइएको छ ।

यस्तो बाईसाईकलको वर्गमा साईकल, मोटरसाईकल, स्कुटर र ई साईकलहरु पनि परेका छन् । तर, यी साधनमध्ये इलेक्ट्रिक साईकलमा भने बढी नै आकर्षण देखिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै व्यवसायीहरुले पनि यस्ता साधनको विक्रीमा विशेष किसिमका स्किमहरुलगायत सार्वजनिक गर्ने गरेका छन् ।

प्रतिवेदनअनुसार महामारीको समयमा इलेक्ट्रिक बाईकको विक्री मात्रै १ सय ४५ प्रतिशतसम्मले बढेको छ । जसमार्फत युरोपमा सन २०३० सम्म बार्षिक ४७ प्रतिशतले यस्ता सवारीसाधनको विक्री वढाउने योजना रहेको छे । यसरी हेर्दा युरोपलगायत विभिन्न देशहरुमा इलेक्ट्रिक २ पांग्रे सवारीसाधनको विक्रीवितरण बढिरहेको देखिन्छ ।

नेपालकै कुरा गर्दा पनि पछिल्लो युवापुस्ता इलेक्ट्रिक सवारीसाधनमा आकर्षित हुँदै गएको छ । जसमध्ये मोटरसाईकल, स्कुटर र साईकलको विक्रीवितरण पनि सोहीअनुसार भईरहेको छ । कोरोना महामारीको कालमा नेपालमा पनि मोटरसाईकलको विक्री बढेर स्टकले नधान्ने अवस्था आएको थियो । अन्तरराष्ट्रिय सञ्चार माध्यमका सामग्रीमा आधारित अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL