Logo

आयल निगम र वाणिज्यका कर्मचारी सरुवा गर्दै मन्त्रालयल, अनिमियतता गरेको आरोप

आयल निगम र वाणिज्यका कर्मचारी सरुवा गर्दै मन्त्रालयल, अनिमियतता गरेको आरोप


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वाणिज्य तथा आपुर्ति मन्त्रालयले नेपाल आयल निगम र वाणिज्य विभाग अन्तरगत कर्मचारीलाई सरुवा गर्ने भएको छ । संकटको वेला तदारुकताका साथ काम गर्न नसकेको भन्दै कर्मचारी नै सरुवा गर्न लागिएको वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले जानकारी दिए । ‘हाल आयल निगम र वाणिज्य विभागका कर्मचारीले व्यवसायीसँगको मिलेमत्तोमा अनियमितता गरे भन्ने गुनासो आएको छ,’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यस्ता कर्मचारीको तत्काल अनुसन्धान गरी सरुवा गर्ने छौं ।’

पछिल्लो समय निगम तथा विभागका उच्च पदस्थ कर्मचारीले नै व्यवसायीसँगको मिलेत्तोमा अनिमियतता गरेको उजुरी मन्त्रालयलमा परेको छ । सोही आधारमा सरुवा गर्न लागिएको समेत उनले जानकारी दिए । ‘गल्ती गर्ने जोसुकैलाई पनि छाडिँदैन,’ उनले भने ।

हाल क–कसले अनिमियतता गरे भन्ने आधिकारीक प्रमाण फेला नपरेको जानकारी दिँदै उजुरी परेका कर्मचारी विरुद्ध तत्काल छानविन गरिने समेत उनको भनाइ थियो । तर, क–कसलाई हटाउने भन्ने विषयमा भने मन्त्री पुनले स्पष्ट पारेनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL