Logo

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म करीब ९ लाखले दिए आवेदन

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म करीब ९ लाखले दिए आवेदन



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ । मंसिर २९ गतेदेखि कम्पनीले सर्वसाधरणको लागि ५४ लाख कित्ता शेयर निष्कासन गरेको हो ।

laxmi

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधवार सम्म कम्पनीको आईपीओमा करीब ९ लाख आवेदकहरुबाट २ करोड ४८ लाख १६ हजार ६७० कित्ता शेयर खरीदका लागि माग भएको छ ।

आज बेलुकीसम्म विक्री खुल्ला हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीमा संस्थापक तर्फको मात्र  १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL