Logo

साढे १ अंकले घट्यो नेप्से, ३९ करोडको कारोवार

साढे १ अंकले घट्यो नेप्से, ३९ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२३ भदौ,काठमाडौं । बुधवार सेयर बजारमा समान्य गिरावट आएको छ ।

सो दिन नेप्से परिसुचक १ दशमलव ५३ अंकले घटेर सेयर बजार १ हजार १ सय ७३ अंकमा झरेर बजार बन्द भएको ।

बुधवार कारोवारमा आएकामध्ये वीमा, जलविद्युत र अन्य समुहको परिसुचक क्रमशः ५९ दशमलव ८५, ८ दशमलव ३३ र ४ दशमलव ६९ अंकले ओरालो लागेको छ । यता होटल, उत्पादन, विकास बैंक, फाइनान्स र बैंकिङ समुहको परिसुचक भने उकालो लागेको छ ।

ती समुहको परिसुचक क्रमशः ७ दशमलव ४८, ४ दशमलव २३, ३ दशमलव ८२,१ दशमलव ०९ र ० दशमलव ८१ अंकले उकालो लागेको छ ।

सो दिन १ सय २९ कम्पनीको ७ लाख ६६ हजार ६ सय ७२ कित्ता सेयरबाट ३९ करोड ५७ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL