Logo

सामान्य बढ्यो नेप्से, ७६ करोडको कारोवार

सामान्य बढ्यो नेप्से, ७६ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१ भदौ,काठमाडौं । मंगलवार सेयर बजार २ दशमलव ३३ अंकले उकालो लागेको छ । सो दिन बजार १ हजार १ सय ५९दशमलव ९३ अंकमा पुगेर बन्द भएको छ ।

मंगलवार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन बैंकिङ समुहको सुचक सवैभन्दा बढी ७ दशमलव १५ अंक्ले बढेको छ । त्यस्तै विकास बैंकको ६ दशमलव ६८, होटलको २ दशमलव ०ड, बीमाको १ दशमलव ६३ फाइनान्स समुहको परिसुचक १ दशमलव ६३ अंकले बढेको छ ।

यता जलविद्युत, अन्य तथा उत्पादन समुहको परिसुचक भने क्रमशः १७ दशमलव ८३, १७ दशमलव ६२ र ३ अंकले ओरालो लागेको छ । मंगलवार कारोवारमा आएका १ सय ३२ कम्पनीको २६लाख २८ हजार २ सय ४७ कित्ता सेयरबाट ७६ करोड १२ लाख ९८ हजारको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL