Logo

सेयर बजारमा कोरोनाको असर देखिएको अर्थमन्त्रीको भनाई, अर्थमन्त्रीको छायाँसँग नै शेयरबजार तर्सेको भन्दै सांसदको व्यंग्य

सेयर बजारमा कोरोनाको असर देखिएको अर्थमन्त्रीको भनाई, अर्थमन्त्रीको छायाँसँग नै शेयरबजार तर्सेको भन्दै सांसदको व्यंग्य



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको सेयरबजारमा पनि कोरोनाको असर देखिएको बताएका छन् ।

laxmi

बिहीबार प्रतिनिधि सभाको बैठकमा धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक, २०७६ माथि भएको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रशनको जवाफ दिर्दै अर्थमन्त्री खतिवडाले कोरोनाको कारण विश्वव्यापी रूपमा आएको असरका कराण शेयर बजारमा उथलपुथल देखिएको बताए ।

‘शेयर बजारको उतारचढावबारे म यति भन्छु, कम्पनीको वित्तीय अवस्था र भावी वित्तीय योजना तथा सरकारले कस्तो नीति बनाउँछ भनेर लगानीकर्ताले निर्धारण गर्नुपर्छ,’ उनले भने, ‘व्यक्ति विशेष जो आएपनि विधि र नीतिअनुसार हुन्छ । कोरोनाको कारण विश्वव्यापी रूपमा आएको असरका कराण शेयर बजारमा उथलपुथल देखिएको छ, अल्पकालीन अवस्थालाई हेरेर दीर्घकाललाई असर गर्नुहुँदैन ।’

अर्थमन्त्री खतिवडाले सांसदको प्रश्नको जवाफ दिँदै पूँजीबजार पूँजीपतिका लागि मात्र नभई १५ लाखभन्दा बढी जनता यसमा जोडिएको बताए । फैंले उद्योग खोल्न नसक्ने, तर जोखिम मोल्न सक्ने साना तथा मझौला वचतकर्ताले शेयर बजारमा लगानी गरिरहेको उनले बताए । जलविद्युतमा हजारौंको शेयरमार्फत सहभागिता हुँदै आएको र लघुवित्तबाट ऋण लिएर पनि शेयर किन्ने गरिएको उनले बताए ।

बजारलाई व्यवस्थित गर्नका लागि सरकारले विधेयक ल्याएको मन्त्री खतिवडाले बताए । सांसदहरूले भने नेपालको पूँजीबजार खतिवडाको छायाँसँग नै तर्सिएको बताउँदै खतिवडामाथि व्यंग्य गरे । सत्तारुढ नेकपाका सांसद एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले पूँजीबजारको कारोवारलाई आम जनताको पहुँचमा पुर्याउन माग गर्दै शेयर बजारमा ५० जना ब्रोकरको एकाधिकार रहेको र उनीहरूले जता लैजान चाह्यो बजार उतै लैजाने गरेको भन्दै यसमा नियमन जरुरी रहेको बताए । तामाङले शेयर दलालको सट्टा शेयर कारोबारी भन्न प्रस्ताव समेत गरे ।

नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूँजीबजारमा समनानुकूल सुधार जरुरी रहेको बताए । कांग्रेस सांसद राजेन्द्र केसीले पूँजीबजारमार्फत पूँजी परिचालन गर्नुपर्ने बताए । ‘पूँजीबजार अर्थमन्त्रीको छायाँसँग तर्सेको जस्तो देखिन्छ । अर्थमन्त्री जाने कुराले शेयर बजारमा उत्साह र अर्थमन्त्री रहने कुराले गिरावट आउने गरेको छ । अर्थमन्त्रीसँग किन शेयर बजार किन तर्सेको होला ?’ उनले प्रश्न गरे ।

नेमकिपाका प्रेम सुवालले समाजवादको गफ गरिरहेको सरकारले संविधानविपरीत पूँजीबजारको कानून ल्याउन नमिल्ने भन्दै विधेयक फिर्ता गर्न माग गरे । ‘कोठामा बसेर कारोवार गरेर उत्पादन हुन्छ रु तपाईं मुठ्ठीभर व्यक्तिको अर्थमन्त्री हो कि जनताको ? इञ्जिनीयर पनि, शिक्षक पनि, कर्मचारी पनि शेयर बजारमा कारोबार गर्ने रु यो मिल्दैन विधेयक फिर्ता गर्नुस्,’ सुवालले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL