Logo

बजार पूँजीकरण साढे ६४ प्रतिशत बढ्यो, १ खर्ब साढे ५३ अर्बको सेयर थपियो

बजार पूँजीकरण साढे ६४ प्रतिशत बढ्यो, १ खर्ब साढे ५३ अर्बको सेयर थपियो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२५, कात्तिक, काठमाडौं । विगत १ वर्षमा सेयर बजारमा बजार पूँजीकरण साढे ६४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको असोज देखि चालू आवको सोही अवधिमा सूचीकृत कम्पनी, सेयर संख्या (प्राथमिक, बोनस, हकप्रद आदि) र सेयरमूल्य पनि बढेकाले बजार पूँजीकरण बढेको हो । गत आवको असोज मसान्तसम्ममा बजार पूँजीकरण ४२ दशमलव २९ प्रतिशत बढेको थियो । आर्थिक वर्ष २०७०/७१ को असोज मसान्तसम्ममा रू. ५ खर्ब ५७ अर्ब रहेको बजार पूँजीकरण चालू आवको सोही अवधिमा रू. ९ खर्ब ४७ अर्ब पुगेको नेप्सेले जानकारी दिएको छ । यस्तै, नेप्सेको वर्गिकरण अनुसार ‘क’ वर्गका कम्पनीको बजार पूँजीकरण करीब ५७ प्रतिशतले बढेको छ । गत आवको असोज मसान्तसम्म यो समूहका कम्पनीको बजार पूँजीकरण करीब ३८ प्रतिशतले बढेको थियो ।

२०७१ असार मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५४ दशमलव ८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात ३० दशमलव ४ प्रतिशत थियो । बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनीसमेत)को योगदान ७७ दशलमव ६ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको १ दशलमव ९ प्रतिशत, होटलको २ दशमलव ४ प्रतिशत रहेको छ । यसैगरी, व्यापारिक संस्थाको शून्य दशलमव १ प्रतिशत, जलविद्युत्को ८ दशलमव ७ प्रतिशत छ भने ‘अन्य’को ९ दशलमव ३ प्रतिशत रहेको छ ।

share gro in market
गत आवको तुलनामा चालू आवको असोज मसान्तसम्ममा दैनिक औसत कारोबार समेत बढेको छ । गत आवको असोज मसान्तसम्ममा दैनिक औसत कारोबार रू. १७ करोड ३३ लाख रहेकोमा चालू आवको सोही अवधिसम्ममा बढेर रू. ४५ करोड ७० लाख पुगेको छ । यो करीब १ सय ६३ दशमलव ७१ प्रतिशत वृद्धि हो । यसैगरी, सोही अवधिमा सूचीकृत कम्पनी ७ दशमलव १७ प्रतिशत, व्यापार संख्या साढे ६७ प्रतिशत र कारोबार शेयर संख्या करीब १२ प्रतिशत बढेको तथ्याङ्कले देखाएका छन् ।

यस्तै, विगत १ वर्षमा सेयर बजारमा करीब रू. १ खर्ब ५३ अर्ब बराबरको सेयर (धितोपत्र) थपिएको छ । आर्थिक वर्ष २०७०/७१ को असोज महिनादेखि चालू आव २०७१/७२ को सोही अवधिमा बजारमा उक्त रकम बराबरको सेयर थपिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ । गत आवको सोही अवधिको तुलनामा चालू आवको भदौ मसान्तसम्ममा यो करीब १० दशमलव २३ प्रतिशतले बढेको हो । गतवर्षको तुलनामा अहिले बजारमा सेयर सूचीकृत हुने क्रम बढे पनि वृद्धिदर भने अघिल्लो वर्षको भन्दा कम हो । गत आवको सोही अवधिमा यो करीब २१ प्रतिशत बढेको थियो । सो अवधिमा कम्पनीहरूद्वारा निष्कासित प्राथमिक, बोनस, हकप्रद, अग्राधिकार सेयर कारोबारका लागि बजारमा आएकाले सूचीकृत सेयर सङ्ख्या बढेको हो ।

यसैगरी, ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापक सन्सेटिभ परिसूचक (बन्द) ४४ प्रतिशत बढेको छ । यस्तै, सर्वसाधारणले खरीद गर्न सक्ने कम्पनीको सेयर कारोबार मापक फ्लोट (उच्च) परिसूचक गत असोज मसान्तसम्म ७६ दशमलव ७८ अंक र न्यून ६१ दशमलव ३४ अंक छ । यस्तै, विगत १ वर्षको अवधिमा नेप्से परिसूचक (बन्द परिसूचक) ६१ दशमलव ५२ प्रतिशत बढेको छ । गत आवको असोज मसान्तसम्ममा यस्तो परिसूचक ३३ दशमलव ८२ प्रतिशतले बढेको थियो ।

नेप्सेमा सूचीकृत ९ ओटा समूहमध्ये विगत १ वर्षमा सबैभन्दा बढी विकास बैंक उपसमूहको सेयर व्यापार सबैभन्दा बढी करीब ३ सय ९२ प्रतिशतले बढेको छ । त्यसैगरी, बैङ्किङ समूहको परिसूचक १ सय ६३ दशमलव ६४ प्रतिशत, जलविद्युत् समूहको २ सय ३७ प्रतिशत र बीमाको साढे ७५ प्रतिशत बढेको नेप्सेले जानकारी दिएको छ । सो अवधिमा अन्य समुहको परिसूचक साढे ३५ प्रतिशतले बढेको छ भने व्यापारिक समूह (टे«डिङ), अग्राधिकार सेयर र संस्थापक सेयर व्यापार भने घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL