Logo

साढे १ अंकले घट्यो नेप्से, ९ करोडको कारोवार

साढे १ अंकले घट्यो नेप्से, ९ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

 बिजखबर संबाददाता

२१ जेठ,काठमाडौं । साताको अन्तिम दिन विहीबार नेप्से परिसुचक १ दशमलव ५६ अंकले घटेको छ । सो दिन सेयर बजार ९ सय २३ दशमलव ९३ अंकमा झरेर बन्द भएको छ ।

सो दिन कारोवारमा आएकामध्ये सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ  र जलविद्युत समूहको परिसुचक ओरालो लागेकोले बजार घटेको हो । बैंकिङ समुहको परिसुचक  ४ लशमलव ०१ र जलविद्युतको १० दशमलव ४२ अंकले घटेको छ । ती बाहेक अन्य समुहको परिसुचकमा भने बृद्धि भएको छ ।

बिहीवार बीमा समुहको परिसुचक सवैभन्दा बढी १६ दशमलव ८४ अंकले बढेको छ । त्यस्तै होटल समुहको ११ दशमलव ६४,अन्य समुहको २ दशमलव ३४, फाइनान्स समुहको १६ दशमलव ८४ र विकास बैंकको २ दशमलव ४४ अंकले बढेको छ ।

सो दिन ९४ कम्पनीको ३ लाख १९ हजार ३ सय ४० कित्ता सेयर किनबेचबाट ९ करोड ९१ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL