Logo

नेप्से साढे ९ अंकले घट्यो, बीमा समुहमा उच्च गिरावट

नेप्से साढे ९ अंकले घट्यो, बीमा समुहमा उच्च गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता ।
२३ कात्तिक, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ९ दशमलव ५२ अंकले घटेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक ८ सय ९६ विन्दुमा आएर अडिएको छ ।
नेप्से परिसुचकमा सवैभन्दा बढी बीमा समुहको ३६ दशमलव ३८ अंकले घटेको छ । यस्तै, जलविद्युत् समुह ३१ अंकले घटेको छ भने बैकिंङ समुह ११ दशमलव ४९ प्रतिशतले घटेको छ । आइतबार बजारमा २२ करोड १८ लाख रुपैयाँ बरावरको ५ लाख १७ हजार कित्ता सेयर कारोवार भएको छ ।
अन्य समुहको सेयर कारोवार ओरालो लागेपनि फाइनान्स र उत्पादनमुलक कम्पनीको सेयर भने केही उकालो लागेको छ । आइबार फाइनान्स समुह २ दशमलव ६५ अंकले बढेको छ भने उत्पादनमुलक समुह २ दशमलब ३३ अंकले बढेको छ

प्रतिक्रिया दिनुहोस्
MBL